spot_img

बोक्सी आरोपमा बर्बर यातना, न्याय खोज्दा बनाइयो गाउँ निकालाको तमसुक

spot_img

महोत्तरी,श्रीमानसहित परिवारका सदस्यले बोक्सी आरोपमा पटक–पटक निर्मम यातना दिएपछि महोत्तरीको पिपरा गाउँपालिका– ३ की ३२ वर्षीया काजलकुमारी देवी उजुरीसहित जिल्ला प्रहरी कार्यालय गइन् । शरीरभरि नीलडाम थियो । तर, प्रहरीले यातना दिने उनका श्रीमान् विनोदकुमार दासलाई बोलाएर सामान्य सोधपुछसमेत गरेन । बरु, तीन दिनपछि दुवै पक्षलाई छलफलका लागि बोलायो । न्याय खोजिरहेकी काजलमाथि त्यस दिन थप जघन्य अन्याय भयो । निरक्षर उनलाई जनप्रतिनिधिकै रोहवरमा प्रहरी कार्यालयबाहिर झुक्याएर सम्बन्ध–विच्छेदसहित गाउँ निकालाको तमसुक बनाइयो ।

श्रीमानले अघिल्लो रात निर्घात कुटपिट गरेपछि काजल गत १ साउनमा जिल्ला प्रहरी कार्यालय महोत्तरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा पुगेकी थिइन् । प्रहरीले दुवै पक्षसँग छलफल गर्ने भन्दै ४ साउनमा आउन भन्यो । न्याय पाइने आससहित काजल प्रहरी कार्यालय पुगिन् । जहाँ सामान्य छलफल चले पनि सहमति जुटेन । प्रहरीले ‘थप आपसी छलफल गर’ भन्दै कार्यालयबाहिर पठायो । छलफलमा आएका प्रायः सबै विनोदका पक्षमा उभिए । निरीह काजललाई पैसा लिएर श्रीमान्सँग सम्बन्ध तोड्न भनेर फकाउनेदेखि धम्क्याउनेसम्म गरियो ।

बोक्सी आरोपमा दैनिकजसो भइरहेको कुटपिटबाट आजित भएकी काजलले पनि श्रीमान्सँग नबस्ने, बरू आफैँ कुनै व्यवसाय गरेर बाँच्ने निधो गरिन् । त्यसका लागि श्रीमान् विनोदले आर्थिक सहयोग गर्ने सहमति भयो । तर, पैसा दिएर छुट्टाछुट्टै बस्ने सहमति गरेको कागज प्रहरी कार्यालयमा बनाउन नमिल्ने भन्दै लेखनदास बोलाएर बाहिर नै कागज बनाउने भनियो । तर, त्यसमा सहमति भएका विषय होइन, श्रीमान्का पक्षबाट अबउप्रान्त कुनै सम्बन्ध नरहने, अंश नलाग्ने र काजलले पिपरा गाउँसमेत छोड्ने तमसुक बनाइयो । काजल अहिले वडासदस्य रितादेवी महराको घरमा शरण लिएर बसेकी छिन् ।अाजकाे नयाँ पत्रिका दैनिकमा खवर छ

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img