spot_img

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

spot_img

काठमाडौं, राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ।नेकपा ९एमाले०को अवरोधपछि आजको बैठक स्थगित गरिएको हो। राष्ट्रियसभाको अर्को बैठक यही साउन २२ गते सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ।आजको बैठक प्रारम्भ हुने बित्तिकै नेकपा ९एमाले०का सांसद भैरवसुन्दर श्रेष्ठले सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै विरोध जनाए।

‘सुन तस्कारी प्रकरणबारेमा सत्यतथ्य छानबिन गरी यर्थाथ बाहिर ल्याउनुपर्छ,’ उनले भने, ‘दोषीलाई छानबिन गरी कानुनी दायरामा नल्याएसम्म संसद् चल्न सक्दैन, सरकारलाई सत्यतथ्य बाहिर ल्याउन आग्रह छ।’उनले यही साउन ३ गते एक टनभन्दा बढी सुन नेपाल भित्रिएको विषयलाई हलुकारुपमा हेर्न नहुने बताए।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सुन तस्कारका विषयमा संसद्को गम्भीर ध्यानाकर्षण भएको र उक्त विषय छलफल र संवादबाट समाधान गर्न पटक–पटक आग्रह गरे।

उनले जनतासमक्ष आफ्ना कुरा राख्नकालागि शून्य समय, विशेष समय भएको र त्यसमार्फत भनाइ राखेर संसद् सञ्चालन हुन दिन आग्रह गरेका थिए।अध्यक्ष तिमिल्सिनाको आग्रहपछि पनि एमालेले अवरोध जारी राखेपछि आजको बैठक स्थगित भएको हो।रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img