spot_img

पूर्व कप्तान ज्ञानेन्द्र मल्लले गरे संन्यासको घोषणा

spot_img

काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्। नेपालका सबै उमेर समूह र राष्ट्रिय टिम गरी १८ वर्ष क्रिकेट खेलेका ब्याटर ज्ञानेन्द्रले आज काठमाडौंमा आयोजित कार्यक्रममा संन्यास लिने घोषणा गरेका हुन्।

उनी २०७६ कात्तिकमा राष्ट्रिय टिमको कप्तान बनेका थिए। १० वर्ष कप्तानी गरेका पारस खड्काले राजीनामा दिएपछि ज्ञानेन्द्रलाई नेपाल क्रिकेट संघले कप्तान नियुक्त गरेको थियो। उनी पारस कप्तान रहँदा नेपाली टिमको उपकप्तानको भूमिकामा थिए।

उनलाई क्यानले २०७८ मंसिर २९ मा कप्तानबाट हटायो। खेलाडी वर्गीकरणमा भएको त्रुटिको विषयमा सन्तुष्टि व्यक्त गरेपछि ज्ञानेन्द्रलाई कप्तानबाट हटाइएको थियो। ज्ञानेन्द्रलाई कप्तानबाट हटाएपछि क्यानले सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाउने निर्णय गरेको थियो।

कप्तानबाट हटेपछि पनि उनले २ वर्ष राष्ट्रिय टिमबाट खेले। पछिल्लो पटक उनले आईसिसी एकदिवसीय छनोटमा आयरल्यान्डविरूद्ध खेलेका थिए।

उनले राष्ट्रिय टिमबाट ३७ एकदिवसीय खेलमा ८७६ रन बनाएका छन्। यस्तै ४५ टि(२० खेलमा उनले ८८३ जोड्दा एक शतक र दुई अर्धशतक प्रहार गरेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img