जोमसोम, मनाङ–मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा र मुगु जोड्ने रणनीतिक महत्वको सडकको ट्रयाक खोल्ने कार्य अन्तिम चरणमा पुगेको छ।
डोल्पा र मुस्ताङको सिमाना याकखर्कसम्मको सडक जोडिन अब धेरै टाढा नरहेको सडक डिभिजन कार्यालय बाग्लुङले बताएको छ। अब १० किलोमिटर ट्याक खोल्न बाँकी छ।
चार जिल्लाका बासिन्दालाई यातायात आवतजावत, मालसामान ढुवानी र पर्यटकीय मार्गलाई सहजता प्रदान गर्न कार्यालयले उच्च प्राथमिकता दिएर सडक निर्माणको काम गरिरहेको छ।सडक स्तरोन्नति तथा नयाँ ट्याक खोल्नका लागि सरकारले २०७५र०७६ सालदेखि सडक निर्माणको कामलाई अघि बढाएको हो।
हालसम्म मुस्ताङका डोल्पा सडकको आधा दर्जन प्याकेजमा सडक निर्माण भइसकेको छ भने सडकका लागि झन्डै २० करोड बजेट खर्च भइसकेको डिभिजन सडक कार्यालयले बताएको छ।
हालसम्म मुस्ताङ(डोल्पा जोड्ने सडकको ४६ दशमलव ५ मिटर सडकको ट्याक खुलिसकेको कार्यालयका ई कृष्णबहादुर खड्काले जानकारी दिए।
आर्थिक वर्ष २०७९र०८० का लागि मुस्ताङ—डोल्पा सडकका लागि ३ करोड १७ लाख बजेट विनियोजन भएको थियो। सो बजेटमा ८ हजार घनमिटर माटो, ४ हजार ५ सय घनमिटर चट्टान काटेर सडक ट्याक खोल्ने र १३ सय घनमिटर ग्याविन वाल लगाउने कामको जिम्मा सिखा इन्जनियरिङ र पम्फा जेभी कन्ट्रक्सनले २०७९ फागुन २ गते ठेक्का सम्झौता गरेको थियो।ट्याक खोल्न आर्थिक वर्ष २०८०र०८१ मा २ करोड बजेट विनियोजन भएको उनले बताए।अन्नपूर्ण पाेस्टबाट