spot_img

सय केजी सुन तस्करी प्रकरण स् अनुसन्धानको जिम्मा अब सिआइबीलाई

spot_img

काठमाडाैँ, सय केजी सुन तस्करी अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले नेपाल प्रहरीलाई लगाएको छ । अब तस्करीसँग जोडिएका सम्पूर्ण विषयको थप अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले गर्नेछ । विभागले आइतबार अनुसन्धानका सम्पूर्ण तथ्य, कागजात र पक्राउ परेर थुनामा रहेका आरोपित, जफत भएका वस्तुहरूसमेत सिआइबीलाई जिम्मा लगाएको हो ।

२ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिरबाट तस्करी भएर आएको सय केजी सुन बरामद गरेयता १९ दिनको अनुसन्धानपछि विभागले सम्पूर्ण फाइल र सबुत सिआइबीलाई जिम्मा लगाएको छ । आफ्नो कानुनी क्षेत्राधिकार रहेको राजस्व चुहावटसहितका सबै विषय प्रहरीलाई जिम्मा लगाएपछि विभाग सुन तस्करीको अनुसन्धानबाट मुक्त भएको छ । ‘सुन प्रकरणसँग सम्बन्धित सबै अनुसन्धान अब नेपाल प्रहरीले गर्छ,’ विभागका महानिर्देशक नवराज ढुंगानाले भने, ‘विभाग सहयोगीको भूमिकामा रहन्छ ।’

इतिहासमै सबैभन्दा ठूलो अप्रेसन मानिएको सय केजी सुन तस्करीको अनुसन्धानका क्रममा संगठित अपराधसहितका धेरै विषय जेलिएपछि विभागको अनुसन्धान सुस्ताउन थालेको थियो । संगठित प्रकृति, उच्च तहका व्यक्तिहरूको संलग्नता र अन्तरदेशीय सम्बन्ध खुल्दै गएपछि विभागको सानो जनशक्ति, अनुसन्धान क्षमता र दक्षता, प्रविधिले धान्न कठिन भएको थियो । यसबीचमा विभागले केही प्रहरीको सहयोग लिएर अनुसन्धान अघि बढाए पनि प्रहरी संगठनसँगको संस्थागत समन्वयमा समस्या देखिएको थियो । यसैबीच, बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस प्रकरणको अनुसन्धान प्रहरीलाई दिन निर्देशन दिएका थिए ।

यस प्रकरणको अध्ययन, विश्लेषण र संश्लेषण गर्दै जाँदा यो देशभित्र मात्र नभएर अन्तरदेशीय अपराधका रूपमा स्थापित हुने तथ्य भेटिएको विभागका महानिर्देशक ढुंगानाले बताए । ‘यसको सुरुवातको चरण हङकङबाट क्याथे प्यासिफिक हुँदै नेपाल जोडियो र सम्भावित गन्तव्यका विषयमा अनुसन्धान गर्दा भूगोलको हिसाबले यो अन्तरदेशीय अपराधको रूपमा स्थापित हुने देखियो,’ उनले भने, ‘राजस्व अनुसन्धानका विषयमा अध्ययन–अनुसन्धान गर्दै जाँदा यससँग अन्य कानुन पनि आकर्षित हुने अवस्था तथा संगठित रूपमा सुनको तस्करी र अवैध व्यापार गर्ने देखियो ।’ जटिल र बहुविषय जोडिएपछि अनुसन्धान झन् गहन र पेचिलो बन्दै गएको अनुभूति विभागले गरेको उनी बताउँछन् ।

संगठित अपराधसम्बन्धी कानुन आकर्षित हुने थुप्रै अवयव अनुसन्धानका क्रममा फेला पारेपछि अनुसन्धानलाई अघि बढाउने क्रममा विभागले महान्यायाधिवक्ता र नेपाल प्रहरीसँग छलफल गरेको थियो । ‘यो अलि बृहत्तर विषय भएको र यसको थप अनुसन्धान नेपाल प्रहरीको नेतृत्वमा गर्दा अझ बढी यथार्थपरक र टुंगोमा पु¥याउन सजिलो हुने महसुस हामीले गर्‍यौँ,’ उनले भने ।

महानिर्देशक ढुंगाना सुन तस्करी र त्यस अपराधसँग जोडिएका विषयको विभिन्न चरणमा विभागले अनुसन्धान गरेको बताउँछन् । त्यसक्रममा विभिन्न तथ्य भेटिएका र त्यसको गहन र मिहिन तरिकाले विभागले विश्लेषण गरेको उनले बताए । अझै पनि यसमा गहन खालको अनुसन्धान र तथ्यपरक विश्लेषण आवश्यक भएको उनको भनाइ छ । ‘यसका लागि दक्ष जनशक्ति, संगठनात्मक रूपले अन्तरदेशीय अपराध र संगठित अपराधमा अनुसन्धान गरिरहेको निकायको सहभागिताले यो अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने अनुभूति हामीले गरेका छौँ,’ विभागको निर्णय सुनाउँदै महानिर्देशक ढुंगानाले भने, ‘अब प्रकरणका सम्पूर्ण बाँकी अनुसन्धान र कार्यसम्पादन नेपाल प्रहरीबाट हुने गरी सबै संकलित तथ्य, हिरासतमा लिएका व्यक्तिहरू, हालसम्म बरामद भएका प्रमाण र सबुतसमेत नेपाल प्रहरीमा पठाउने निर्णय गरेका छौँ ।’

अनुसन्धान अघि बढाउँदै सिआइबी
राजस्व अनुसन्धान विभागले जिम्मा दिएपछि सिआइबीले सुन काण्डको थप अनुसन्धान अघि बढाउन लागेको छ । विभागले आइतबार नै हालसम्मका सबै सबुत र पक्राउ परेका व्यक्तिहरू प्रहरीलाई बुझाएको सिआइबीकी एआइजी किरण बज्राचार्यले बताइन् । ‘तत्कालै अनुसन्धान प्रक्रिया सुरु गर्छौँ,’ उनले भनिन्, ‘कानुनअनुसार गर्नुपर्ने सबै तहमा पुगेर सिआइबीले घटनाको अनुसन्धान र अभियुक्तलाई पक्राउ गर्छ । अन्य अनुसन्धानमा झैँ यसमा पनि सिआइबीले आफ्नो व्यावसायिक धर्म कडाइका साथ निभाउँछ ।’

संगठित अपराधमा अनुसन्धान प्रक्रिया सुरु भएको ६० दिनभित्र मुद्दा अभियोजन गरिसक्नुपर्छ । सोमबार अनुसन्धान प्रक्रिया सुरु भएको २० दिन भइसकेको छ । अबको ४० दिनभित्र सिआइबीले मुद्दा अभियोजन गरिसक्नुपर्छ ।

हालसम्म १८ आरोपी पक्राउ
सुन तस्करी प्रकरणमा हालसम्म विभागले विभिन्न मितिमा १८ आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १४ नेपाली, एकजना चिनियाँ, एक भारतीय र एक तिब्बती मूलका बेल्जियमका नागरिक छन् । नेपालीहरूमा भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सीचालक अशोक लामा, रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, हर्कराज राई, कार्गो सञ्चालकहरू कृष्णकुमार श्रेष्ठ, पुष्कर भट्ट, राजन श्रेष्ठ छन् ।

त्यस्तै, भन्सार कार्यालयका भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल, एक्सरेमा खटिएका सरोज श्रेष्ठ, भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम, सुरेन्द्र तामाङ र रुक्मिना सुब्बा पनि पक्राउ परेका छन् । त्यस्तै, तिब्बती मूलका भारतीय नागरिक थाप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वान लिन र तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ छन् ।

हिरासतमा रहेका उनीहरूलाई पनि विभागले प्रहरीको जिम्मा लगाएको छ । रुक्मिना सुब्बालाई भने कमजोर स्वास्थ्य अवस्थाका कारण जमानीमा छाडिएको छ । विभागले टोखा, लाजिम्पाट, सोह्रखुट्टे, बालुवाटारका विभिन्न गोदाममा छापा हानेर जफत गरेका सामग्री प्रहरीको जिम्मा लगाएको छ ।अाजकाे नयाँ पत्रिका दैनिकमा खवर छ

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img