spot_img

एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक बुधबारसम्म स्थगित

spot_img

काठमाडौं, प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन‍ प्रकरणको छानबिन गर्न उच्चस्तरीय समित गठन गर्न माग गर्दै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ।बैठक सुरू हुनासाथ बोलेकी एमाले सांसद दिलकुमारी रावल थापा ९पार्वती०ले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति नबनेसम्म सदनको अवरोध नखुल्ने बताएकी थिइन्।

यस प्रकरणमा सरकारकै निकट व्यक्तिहरूको संलग्नता रहेको दाबी गर्दै निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक रहेको बताइन्।सामान्य मजदुरी गर्ने दिलीप भुजेलको नाममा कम्पनी दर्ता गर्न कसले लगायो?,’ उनले भनिन्, ‘यसको छानबिन सरकारबाट सम्भव छैन, त्यसकारण उच्चस्तरीय समिति आवश्यक छ।’

सांसद रावलले उच्चस्तरीय समिति बनाएर यसमा संलग्न उच्च राजनीतिक एवं प्रशासनिक नेतृत्वलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिइन्।राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विरोध र दबाबको शैलीलाई परिमार्जन गर्दै बैठक अगाडि बढाउन गरेको आग्रहलाई एमालेले अस्वीकार गरेको थियो।

एमाले सांसदहरूले विरोध जारी राखेपछि अध्यक्ष तिमिल्सिनाले बुधबारसम्मका लागि बैठक स्थगित गरेका हुन्। अब अर्को बैठक साउन २४ गते दिउँसो १ बजे बस्नेछ।रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img