spot_img

महालक्ष्मी नगरपालिका वडा नं ९ द्वारा डेंगी रोग रोकथाम तथा जनचेतना कार्यक्रम सञ्चालनःजनप्रतिनिधि भन्छन् “नगरवासीकाे स्वास्थ्यप्रति सचेत छाैँ”

spot_img

बागमती प्रदेशका उद्योग तथा सामान्य प्रशासन मन्त्री रामकृष्ण चित्रकारको प्रमुख आतिथ्य तथा महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठको विशेष आतिथ्यमामा आयोजित कार्यक्रममा स्थानीय स्वास्थ्य स्वयम् सेविका, स्कुलका प्रधानाध्यापक, स्थानीय स्वास्थ्य समितिका सदस्यहरूको सहभागिता रहेको थियो ।

Dengue1691328979.jpgआधारभुत स्वास्थ केन्द्र लामाटार का डा.रोमिन श्रेष्ठ, कमला कुमारी जोशी (गौतम), ममता पुरकोटी, सिङ्गेरी माविका प्रधानाध्यापक सुनिता छतकुली कार्यपालिका सदस्यहरू कुमार बयलकोटी, सरिता पोखरेल, बडासदस्य शशीधर पोखरेल, रामकेसर थापा, बेली सुरखेति  बडासचिव नारायणकुमार श्रेष्ठ, राष्ट्रिय फुटबल टिमका पूर्ब कप्तान अनिल गुरुङ तथा नगर प्रहरीसहित सरोकारवालाको उपस्थितिमा डेंगी सचेतना कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष जयकृष्ण बोगटीले जानकारी दिए ।

Dengue banner1691328976.jpg
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारका उद्योग तथा सामान्य प्रशासन मन्त्री रामकृष्ण चित्रकारले डेंगी रोकथामका लागि सचेतना फैलाउनु पर्नेमा जोड दिँदै बागमती प्रदेश सरकार प्रदेश भित्र डेंगी नियन्त्रण तथा नागरिकमा सचेतना फैलाउन क्रियाशील भइरहेको जानकारी दिए । उनले महालक्ष्मी नगरपालिकाको समग्र विकासका लागि बागमती प्रदेश सरकारको प्रतिनिधि आफूले हर प्रयास गर्ने प्रतिवद्धता पनि जनाएका थिए ।

Dengue 11691328977.jpg
महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले महालक्ष्मी नगरपालिकाले नगरवासीलाई डेंगी रोकथामका लागि सचेतना तथा नियन्त्रणका क्षेत्रमा काम गरिरहेको जानकारी दिँदै नगरपालिका नगरवासीको स्वास्थ्यप्रति सचेत रहेको प्रष्ट पारे ।
महालक्ष्मी नगरपालिका वडा नं ९ का वडाअध्यक्ष जयकृष्ण बोगटीले बागमती प्रदेशका उद्योग तथा सामान्य प्रशासनमन्त्री रामकृष्ण चित्रकारलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिँदै वडाले स्वास्थ्य क्षेत्रका गरेका कामबारे अवगत गराएका थिए ।

jaya kri1691328979.jpg
डेंगी रोग रोकथामका लागि वडा कार्यालयले जनचेतान फैलाउन आगमी २५ र २६ गते वडाले टोल टोलमा सचेतना कार्यक्रम आयोजना गर्ने जानकारी वडाअध्यक्ष बोगटीले दिए ।  भरत बोहोराले सञ्चालन गरेको डेंगी सचेतना तथा रोग रोकथाम तथा जनचेतना कार्यक्रमको औचित्यमाथि महालक्ष्मी नगरपालिका स्वास्थ्य शाखा प्रमुख हिमलाल ज्ञवालीले प्रकाश पार्दै डेंगी रोक तथा यो सर्ने बारेमा जानकारी गराएका थिए ।

rame1691328986.jpg

jaya krishna1691328983.jpg

rama sa1691328986.jpg

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img