spot_img

अबका निर्वाचनमा विदेश बस्ने नेपाली निर्णायक हुनेछन्,पुन

spot_img

काठमाडाैँ, नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले अबका निर्वाचनहरूमा देशबाहिरका नेपाली निर्णायक हुने बताएका छन्। पुनले प्रविधिको उच्चतम विकास र प्रयोगका कारण विदेशमा बसेका नागरिकको हैसियत मुलुकभित्रको राजनीतिक समीकरण नै बदल्न सक्ने अवस्था आएको बताए।

पार्टीहरूले यसअघि नागरिकका घरघरमा गएर विचार प्रवाह गर्ने र संगठन निर्माण गर्ने अवस्थाको अन्त्य हुन सक्ने उनको भनाइ थियो। ‘आजको युग प्रविधिको युग हो । पहिला जसरी मानिसका घरघरमा गएर संगठन बनाउने र विचार राख्ने अवस्था अब नरहन सक्छ,’ बुधबार पार्टीको उपत्यका विशेष प्रदेशको जिम्मेवारी सम्हाल्ने क्रममा पेरिसडाँडामा आयोजित कार्यक्रममा पुनले भने, ‘प्रविधिका कारण अबका निर्वाचनहरूमा देशभित्रका भन्दा विभिन्न सिलसिलामा देशबाहिर रहेका नेपालीहरू निर्णायक हुनेजस्तो देखिएको छ।’

उनले वैचारिक बहसको थलो पनि ‘डायस्पोरा’ नै हुन थालेको उल्लेख गरे । पुनले पार्टी सदस्यदेखि सबै कमिटीका नेता कार्यकर्तालाई आफ्ना एजेन्डाबारे सामाजिक सञ्जालबाट बहस सञ्चालन गर्न निर्देशनसमेत दिए । पुनले हरेक घरमा डिजिटल बहस हुने गरेको भन्दै एकै घरमा पनि फरकफरक विचारका मानिसहरू हुन थालेको औँल्याए।

‘पहिला–पहिला मुखिया र जिम्मावालहरूको धारणा नै आममानिसको धारणा हुने जस्तो थियो । पछि राजनीतिक दलहरूका धारणामा मानिसहरू विभाजित थिए,’ उनले भने, ‘अहिले त एउटा घरमा चारजना छ र फरकफरक पेसामा छ भने चारैथरी विचारको छ, चारैवटा स्वार्थको प्रतिनिधित्व गरेको छ। प्रविधिले गर्दा समाजको चरित्रमा यस्तो खालको बदलाब आएको छ।’ प्रविधिको उपयोग गर्न नजान्ने र नसक्नेहरूले राजनीतिमा टिक्न नसक्ने भन्दै पुनले पार्टीलाई प्रविधिमैत्री बनाउन आफू सक्रिय रहेको बताए।

उनले नेपाल प्रविधिको व्यापारका लागि उपयुक्त थलो भएको भन्दै आगामी ५ वर्षभित्र वार्षिक पाँच खर्ब रुपैयाँ प्रविधिका उत्पादन निर्यातबाट आम्दानी हुने प्रक्षेपण हालै मात्र सार्वजनिक भएको चर्चा गरे। यद्यपि, प्रविधिले नै उत्पादन गरेको कृत्रिम बौद्धिकता भने मानिसका लागि चुनौतीका रूपमा आएको पुनको बुझाइ थियो।

फरक प्रसंगमा पुनले सय केजी सुन प्रकरणमा पार्टीका कोही पनि नेताको संलग्नता पुष्टि हुने आधार भए कानुनी कठघरामा उभिनुपर्ने दोहो¥याए। ‘यदि कुनै पनि तहको नेताले गल्ती गरेको रहेछ र छानबिनले देखाए ऊ जान्छ,’ पुनले भने, ‘तर, आरोप लाग्दैमा कोही पनि अपराधी हुँदैन ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img