spot_img

सुशासन र भ्रष्टाचार नियन्त्रणमा उल्लेख्य सुधार अझै भएको छैन, प्रधानमन्त्री प्रचण्ड

spot_img

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नतिजा देखिने र जनताले अनुभूति गर्नेगरी काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका छन्।आर्थिक वर्ष २०७९÷८० को समीक्षा र आर्थिक वर्ष २०८०÷०८१ को कार्यसम्पादन सम्झौतापछि सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधार, सुशासन र भ्रष्टाचार नियन्त्रणमा केही काम भएता पनि उल्लेख्य सुधार हुन नसकेको बताए। प्रधानमन्त्री प्रचण्डले विकासको मोडेलमा नै परिवर्तन गरेर अघि बढ्नुपर्ने बताए।

‘हामीमा यथास्थीति र सामन्तवादको अवशेष अझै बाँकी छ, आफैंले तय गरेकै काम पनि गर्न नसक्नु नियतमा नै खोट हुनु हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालको कर्मचारी तन्त्र समकालीन विश्वको कर्मचारीतन्त्रको तुलनामा कमजोर छैन तर राजनीतिक नेतृत्वको दृष्टि र कर्मचारी तन्त्रको दृष्टि नमिलेकोजस्तो देखिएको छ।’

उनले यही संरचनाबाट परिवर्तन संभव छ भन्ने सन्देश दिनुपर्ने भन्द राजनीतिक नेतृत्वको स्पिरिट र इच्छाशक्तीलाई परिणाममा लैजान कर्मचारीहरूले संकल्प गर्नुपर्ने बताए।

सरकारले केही ठाउँमा राम्रा कामको सुरूआत गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले दोषी कोही नछुट्ने निर्दोष कोही नपर्नेगरी राष्ट्र र जनताको हितमा काम भइरहेको बताए।उनले मन्त्रीपरिषद्ले गरेका निर्णयहरू पनि लागू नभएको भन्दै सचिवहरू तथा मन्त्रीहरूसँग त्यसको कारण सोधेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img