ललितपुर,डेंगी संक्रमण बढिरहेका बेला गाउँका सिंहदरबारहरूले आफ्नो क्षेत्राधिकार भित्र सचेतना फैलाउने तथा रोकथामका कार्यक्रम गर्न थालेका छन् । यस्तै आज ललितपुरका महालक्ष्मी नगरपालिका वडा नं ९ ले डेंगी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रम लिएर घरदैलो अभियान संचालन गरेको छ । बिहिवार वडा भित्रका लामाटार लगायतका स्थानमा घरदैलो अभियान सञ्चालन गरिएको थियो।
घरदैलो अभियानमा वडा अध्यक्ष,वडा सदस्य सहितका जनप्रतिनिधि,कर्मचारी,बुद्धिजिबि,शिक्षक,बिद्यार्थी,स्वस्थ्यकर्मी लगायत स्थानीयको सहभागीता रहेको थियो।
महालक्ष्मी नगरपालिका वडा नं ९ का वडाअध्यक्ष जयकृष्ण बोगटीले डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि जनचेतना अभियान लिएर घरदैलो कार्यक्रम सञ्चालन गरेको जानकारी दिए।
अभियानका क्रममा आफ्नो घर वरिपरिका पानीका खाल्डाखुल्डी पुर्न,झुलको प्रयोग गर्न, र शरीर छोप्ने कपडा लगाउन जस्ता नारा सहित माइकिङ्ग गरेको र अभियानलाई जारी राख्ने अध्यक्ष बोगटीको भनाइ छ।


















