spot_img

राष्ट्रिय सभामा एमालेसँगै सत्ता पक्षका सांसदको अवरोध !

spot_img

काठमाडौं,प्रतिपक्षसँगै सत्ता पक्षका सांसदहरु उभिएपछि राष्ट्रिय सभाको बैठक अवरुद्ध भएको छ । शुक्रबारको बैठकमा सुरुमा दलीय आधारमा सांसदहरुले समसामयिक विषयमा धारणा राखेका थिए ।

जब राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा अगाडि बढाउन खोजे तब एमालेका सांसदहरुले उठेर अवरोध गरे । तिमिल्सिनाले एमाले सांसद भैरवसुन्दर श्रेष्ठलाई बोल्न समय दिएका थिए । तर सत्ता पक्षका सांसदहरु पनि उठेर विरोध गरे ।

१० मिनेटभन्दा बढी समय प्रतिपक्षसँगै सत्ता पक्षका सांसदहरु आ आफ्नो स्थानमा उभिएपछि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले ‘सत्ता पक्षका सांसदहरुको सद्भाव रहेछ, उहाँहरु (प्रतिपक्ष) उठेपछि उहाँहरु (सत्ता पक्ष) पनि उठ्नु भएको छ’ भन्दै ठट्टा पनि गरे, कि उठीउठी हाउस चलाउने हो ?’

उनले कार्यसूचीमा अगाडि बढाउन आग्रह गरे । तर दुवै पक्षका सांसदहरु नबसेपछि कार्यसूचीमा भएका सबै विषय हटाएर बैठक नै स्थगित गरे । राष्ट्रिय सभाको अर्को बैठक साउन ३१ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img