ललितपुर,डेंगी संक्रमण बढिरहेका बेला गाउँका सिंहदरबारहरूले आफ्नो क्षेत्राधिकार भित्र सचेतना फैलाउने तथा रोकथामका कार्यक्रम गर्न थालेका छन् । यस्तै आज ललितपुरका महालक्ष्मी नगरपालिका वडा नं ७ ले डेंगी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रम लिएर घरदैलो अभियान संचालन गरेको छ । शनिबार वडाका केहि स्थानमा र्याली सहित घरदैलो अभियान सञ्चालन गरिएको थियो।
घरदैलो अभियानमा वडा अध्यक्ष,वडा सदस्य सहितका जनप्रतिनिधि,कर्मचारी, बुद्धिजिबि,शिक्षक,बिद्यार्थी,स्वस्थ्यकर्मी लगायत स्थानीयको सहभागीता रहेको थियो। महालक्ष्मी नगरपालिका वडा नं ७ का वडाअध्यक्ष बाबुराजा महर्जन डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि जनचेतना अभियान लिएर घरदैलो कार्यक्रम सञ्चालन गरेको जानकारी दिए।
लामखुट्टेकाे व्यवस्थापन खाजि गराैँ र नष्ट गराैँ,डेंगी राेगबाट बचाैँ र बचाअाैँ भन्ने मुल नारा सहितकाे अभियानका क्रममा आफ्नो घर वरिपरिका पानीका खाल्डाखुल्डी पुर्न,झुलको प्रयोग गर्न, र शरीर छोप्ने कपडा लगाउन जस्ता नारा सहित माइकिङ्ग गरेको र अभियानलाई जारी राख्ने अध्यक्ष महर्जनको भनाइ छ।