spot_img

महरालाइ संकेत गर्दै सरकारलाई ओलीको प्रश्नःकुनै गिरोहसँग लगातार २३४ पटक संवाद हुँदा सोधपुछ गर्नुपर्दैन ?

spot_img

काठमाडाैँ,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार स्टन्ट र भ्रमपूर्ण प्रचारमा लागेको टिप्पणी गरेका छन्। पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले निष्पक्ष ढंगले काम नगरेको बताए।

सुन तस्करी प्रकरणमा सरकार जरासम्म पुग्नुको साटो टुप्पोटुप्पो मात्रै हेरेर बसेको ओलीको आरोप छ। इलेक्ट्रिक सिगरेट (भेप)मा सुन तस्करीको विषयमा नाम जोडिएका केही व्यक्तिमाथि सोधपुछसमेत नगरिएको भन्दै उनले असन्तुष्टि जनाए।

सो प्रकरणमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोराको नाम नलिई ओलीले भने, ‘कुनै गिरोहसँग लगातार दुई सय ३४ पटकसम्म संवाद, एक दिन–दुई दिनका बीचमा कसरी हुन्छ मान्छेको ? यो फेयर छ ? तैपनि सोधपुछ पनि गर्नुपर्दैन, यो पनि फेयर छ ? यस्तरी पनि देश चल्छ ? यो पनि शासन–प्रशासन चलाउने तरिका हो ? अनि बाहिर स्टन्ट दिएको छ, गफ दिएको छ। हाउभाउ गरेको छ। अनेक प्रकारका भ्रमपूर्ण प्रचार गरेको छ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img