spot_img

डाेल्पामा दुइ वटा एयरपाेर्टः”१ महिना देखि हवाइ उडान ठप्प,सडक यात्रामा पनि उस्तै सास्तीकाे नियति भाेग्दै डाेल्पाली”

spot_img

रूपक कुलाल,डोल्पा

करिव १ महिना देखि डाेल्पामा हवाइ उडान ठप्प छ। लामाे समयसम्म हवाइ उडान नहुँदा विरामी,विद्यार्थी,सर्वसाधारण,कर्मचारी देखि पर्यटक सम्मले सास्ती खेप्नु परेकाे छ। प्रतिकूल मौसमका कारण हवाई उडान अवरुद्ध भएकाे नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगंज र जुफाल विमानस्थलले बताएका छन्। डाेल्पा विमानस्थलका प्रमुख अमित चाैरसियाले माैसम खराविकै कारण उडान प्रभावित भएकाे बताए।

“तपाइ र पाइलटकाे मनमुटावले उडान प्रभावित भएकाे हाे ? भन्ने प्रश्नमा बाहिर हल्ला चलेजस्ताे पाइलट र टावरका कर्मचारीविच कुनै मनमुटाब समेत नभएकाे दावी गरे । डाेल्पामा दुइवटा एयरपाेर्ट छन् । जुफाल र मसिनचाैँर विमानस्थल एक एरपाेर्ट नचले पनि अर्काे एयरपाेर्टलाइ सञ्चालन गर्न सकिदैन ? भन्ने प्रश्नमा तत्काल सञ्चालनकाे कुनै तयारी नभएकाे प्रमुख चाैँरासियाकाे भनाइ छ। माैंसममा सुधार भए नियमित उडान हुने उनकाे दावी छ।

मसिनचाैँर विमानस्थल पहिले पनि प्रयाेगमा आएकाे र हाल पनि सबै संरचना बनेकाे अवस्थामा किन सञ्चालन गर्न राज्य तयार छैन ? राज्यले किन यति नजिकै दुइ विमानस्थल बनाएकाे भन्ने प्रश्न जनताले गरिरहेका छन्। सर्वसाधरणहरू कहिले विमान चल्छ भन्ने प्रश्न गरिरहेका छन् ? विमान नआएर यात्रु,विरामी,सुत्केरि महिला,सर्वसाधरण र कर्मचारी लगाएतका यात्रु डाेल्पा देखि नेपालगंजसम्म अलपत्र अवस्थामा परेका छन्।

हुम्लामा जहाँज कुर्दा कुर्दा २ जना विरामीकाे ज्यान गइसकेकाे छ। कर्णालीका हुम्ला,डाेल्पा,जुम्ला,मुगु,बाजुरा लगाएतका दुर्गम क्षेत्रमा हवाइ उडान प्रभावित भएका छन्। दुर्गममा भएकाे हवाइ क्षेत्र प्रभावितका विषयमा कर्णाली पर्यटन उद्यमी समाजले पर्यटन मन्त्री सुधन किँरातीलाइ भेटर ज्ञापन पत्र बुझाएर गम्भिर ध्यानाकर्षण गराएकाे छ। प्रधानमन्त्री लगाएत अन्य निकायलाइ भेटेर ध्यानाकर्षण गर्ने जानकारी दिएकाे छ।

सडक यात्रामा पनि उस्तै सास्ति भाेग्न बाध्य डाेल्पाली

भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक खण्डकाे १ सय १७ किलोमिटर कच्ची सडक छ । याे सडक खण्डमा पर्ने पुल नहँदा यात्रुले डोल्पालीले ६ वटा भन्दा बढि गाडी फेर्नुपर्ने माडा पनि चर्काे दरमा ५ हजार भन्दा बढि लाग्ने गरेकाे छ। ‘बर्खामा बढेका खोला, बाढीपहिरोसँग पौठेजोरी खेल्दै भगवान भरोसामा यात्रा गर्नुपर्ने,अझ बर्खामा डोल्पालीले धेरै सास्ती खेप्नु परेकाे छ।

जाजरकोट र रुकुम जोड्न तल्लु बगरमा पुल निर्माण नहुँदा यात्रुले सास्ती भोग्दै आएका छन् । निर्माणको अन्तिम चरणमा रहेको तल्लुको बेलिब्रिज गत वैशाख ७ मा भाँचिएको थियो । पुल निर्माणको काममा ढिलाइ हुँदा डाेल्पाली यात्रुले थप सास्ति खेप्नु परेकाे छ।

डाेल्पाका बजारमा दैनिक उपभोग्य सामान महँगोले थामि नसक्नु छ। भाडा उस्तै महंगाे,क्षमताभन्दा धेरै यात्रु खचाखच हाल्ने लगाएतका जनगुनासा ब्याप्त छन् तर सुनि दिने निकाय काेहि छैन। समस्या सुनाउँ त कसलाइ सुनाउने नसुनाउ त डाेल्पालीका पिडा सडक सञ्जालमा जाेडिदा पनि उस्तै भएकाे स्थानीय बताउँछन् । डाेल्पाली नेता सांसदहरू देखि जनप्रतिनिधिले हाम्राे आवाज संघ देखि प्रदेश सरकारसम्म उठाउन डाेल्पाली जनताकाे माग छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img