spot_img

मुलुकभर बाढिकाे वितण्डाःमुस्ताङमा बाढीले १० वटा घर, एउटा प्रहरी चौकी र दुईवटा पुल बगायो,वर्षा राेकिए पनि बाढिकाे जाेखिम उच्च

spot_img

मुस्ताङ – मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढीले १० वटा घर बगाएको छ ।

यस्तै, एउटा प्रहरी चौकी र दुई वटा पुल पनि बाढीले बगाएको छ । हिजो बेलुका आएको बाढीले १० वटा घर÷होटल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मानिस ओहोरदोहोर गर्ने पुल, दुई गाडी र तीन विद्युतका पोल समेत बगाएको गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले जानकारी दिनुभयो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, जनप्रतिनिधि उद्धारमा खटिएका बताउनुभयो । पाण्डाखोलाको बाढीले सुरक्षाकर्मीलाई जोमसोमदेखि कागबेनी पुग्न समस्या भएको छ । कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनाएको छ ।

विद्युत् पोल ढलेकाले विद्युत् आपूर्ति बन्द भएको छ । दुई दिनदेखि मुस्ताङमा लगातार पानी परिरहेको छ ।

यस्तै सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ । सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेपछि ५६ वटै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ४ बजे नदीमा पानीको बहाव ४ लाख ६२ हजार क्युसेक पुगेको थियो । अहिले भने पानीको बहाव बिस्तारै घट्न थालेको छ ।

अघि बिहान सात बजेको मापनअनुसार ४ लाख ४० हजार क्युसेकमा झरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो । सप्तकोशीमा १ लाख ५० हजार क्युसेक पानी नाघेपछि खतराको सङ्केत मानिन्छ।

‘अहिले धेरै जोखिम छैन, हामी स्थलगत अवलोकनमै बिहानैदेखि खटिएका छौँ । सम्भावित जोखिम कम गर्न उच्च अलर्ट बस्न आग्रह गरेका छौँ’ उहाँले भन्नुभयो । कोशी ब्यारेजमा अहिले आवतजावत बन्द गरिएको छ । त्यस आसपासका क्षेत्रमा सावधानी अपनाउनु आग्रह गरिएको छ ।

पहिरोका कारण पृथ्वी राजमार्ग फेरि अवरुद्ध बन्न पुगेको छ । सोमबार बिहान पौने ७ बजे तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ६ मौरीबजारस्थित पृथ्वी राजमार्ग सडक खण्डमा पहिरो खसेको हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img