spot_img

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ललितपुरबाट चाइल्ड केयर सेन्टरका सञ्चालक पक्राउ

spot_img

काठमाडौं, ललितपुरस्थित बुंगमतीमा रहेको ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका सञ्चालक बालयौन दुरुपयोग गरेको आरोपमा पक्राउ परेका छन् ।जिल्ला प्रहरी परिसर, ललितपुरले संस्थाका सञ्चालक हुम्लाको सिमिकोट गाउँपालिका–८ स्थायी घर भइ ललितपुर बस्दै आएका ४१ वर्षीय दत्तसिंह बुढालाई पक्राउ गरेको हो ।

ललितपुर प्रहरीका एसपी नवराज कार्कीका अनुसार, उनले असारदेखि २६ साउनसम्म सोही चाइल्ड केयरमा बस्दै आएकी ८ वर्षीया नाबालिगलाई यौन दुव्र्यवहार गरेको पाइएको छ ।

‘प्रतिकार गर्न खोज्दा उनले बालिकालाई निलडाम हुने गरी कुटपिटगरेर शारीरिक यातना दिएको पनि पाइएको छ’, कार्कीले भने, ‘उनविरुद्ध थप अनुसन्धानका लागि अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।’पीडित नाबालिगलाई उद्धार गरेर संरक्षण गृहमा राखिएको प्रहरीले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img