spot_img

पहिरोमा बेपत्ता बुवा–छोरामध्ये भेटियो छोराको शव

spot_img

दोलखा,अविरल वर्षाका कारण आइतबार दिउँसो आएको भेलले बगाउँदा दोलखाको विगु गाउँपालिका–७ राखामका बुवाछोरा बेपत्ता भएकामा छोरा पासाङ शेर्पाको शव भेटिएको छ।

आइतबार बिहान घरबाट झण्डै एक घण्टाको दूरीमा रहेको तीनपाटेमा निगुरो टिप्न गएका ३५ वर्षीय बाबु निमदोर्जे शेर्पा र उनका छोरा १२ वर्षीय पासाङलाई वर्षासँगै आएको पहिरोको भेलले बगाउँदा बेपत्ता भएका थिए।

निमदोर्जे अझै फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक राजेश सिग्देलले बताए।आइतबार १२ बजेतिर तीनपाटेमा निउरो टिप्ने क्रममा अविरल वर्षासँगै माथिबाट आएको भेलले बुवाछोरोलाई अम्बाटोल मूलखोलाले बगाएपछि उनीहरू बेपत्ता भएका थिए।

उनका अनुसार बाबु शेर्पा नभेटिए पनि छोरा पासाङको शव भने हिजो साँझ नै भेटिएका थिए।सो घटनापछि प्रहरी घटनास्थल पुगेर खोजी सुरू गरेको थियो।अविरल वर्षा जारी रहेकाले खोजी कार्यमा कठिन भएको प्रहरीको भनाइ थियो।

यो सातामा मात्रै अविरल वर्षाका कारण गत मंगलबार तामाकोशी नदीमा तितेमाछा टिप्न गएका विगुगापा–२ ओराङका तिरिस तामाङको माथिबाट झरेको पहिराले ज्यान गएको थियो।

त्यस्तै, गत बिहीबार गौरीशङ्कर गाउँपालिका–७ मार्बु टोपाटारमा गएको पहिरोमा परी सोही स्थानका ५० वर्षीय देवीमाया मगर र १५ महिने नाबालक प्रिन्स थामीको मृत्यु भएको थियो भने सोही स्थानको पहिरोमा परेका स्थानीय ६० वर्षीय कृष्ण मगर र ४९ वर्षीय हरिला श्रेष्ठ अझै फेला नपरेको प्रहरीको भनाइ थियो।रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img