डाेल्पा, पछिल्लो समय डोल्पा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको संख्या विगतको तुलनामा दोब्बरले बृद्धि भएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाड डोल्पाका अनुसार गत आर्थिक वर्षको तुलनामा राष्ट्रिय निकुञ्ज वन क्षेत्र लगायत प्राकृतिक सम्पदाहरुको दृश्य अवओकन गर्न आउने संख्यामा दोब्बरले बृद्धि भएको हो ।
आर्थिक वर्ष ०७९–०८० मा डोल्पा घुम्न आउने नेपाली पर्यटकमा १ सय १५ महिला ८७ पुरुष गरि २ सय २ जना थिए । सार्क मुलकवाट ३ जना महिला १३ जना पुरुष गरि १६ जना घुम्न आएका थिए । यसैगरी अन्य विदेशी पाहुनाहरुमा १ सय ६९ जना महिला र २ सय ४९ गरेर ४ सय १८ जना गरि ३ हजार ७ सय ८२ जना पर्यटक डोल्पा घुम्न आएको निकुन्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार नेपाली नगारिक सार्कमुलकका नागरिक र विदेशी नागरिकवाट प्रवेश शुल्क वापत १६ लाख १२ हजार आठसय रुपियाँ राजश्व संकलन भएको छ ।
आर्थिक वर्ष ०७८–०७९ मा नेपाली १ सय ७३ सार्क मुलकका ३९ जना र अन्य विदेशी १ सय १७ गरेर ४ हजार ३ सय ७९ जना पर्यटकबाट ७ लाख पचासी हजार ६ सय मात्र राजश्व उठेको थियो । यो पर्यटक संख्या र राजश्व गत आवको भन्दा दोब्बरले बढि हो । निकुञ्जले डोल्पा घुम्न आउने नेपाली नागरिकलाई प्रवेश शुुल्क वापत प्रति ब्यक्ति १ सय रुपियाँ सार्क मुलुकका नागरिकवाट प्रति ब्यक्ति १ हजार पाँचसय रुपियाँ र अन्य विदेशी नागरिकबाट प्रति ब्यक्ति ३ हजारका दरले प्रवेश शुल्क उठाउने गर्छ ।
विगतका वर्षहरुमा जिल्ला प्रवेश गर्ने पर्यटकहरुको अभिलेख राख्ने कार्य ब्यवस्थित नभएकाले कुन देशका के–कति नागरिक डोल्पा भित्रिएका छन भन्ने एकिन तथ्याङ्कन थिएन । भर्खरै निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको सुलिगाडस्थित ब्यारेक नजिक भिमपुलमा सेना र निकुन्जको संयुक्त चेकजाँच काउन्टर (पोष्ट) स्थापना गरि एकिकृत अभिलेख राख्ने कार्य शुरु गरिएको निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको रामवाण गुल्मका गुल्मपति ध्रव कार्कीले बताए ।
यस्तै विगतका वर्षहरू भन्दा केहि वर्ष यता आन्तरिक पर्यटककाे संख्या भ्रमणमा वृद्दी भएकाे छ। हजाराैँ पर्यटक फाेक्सुण्डाे ताल हेर्न मुलुकभरबाट आउने गरेका छन्। हवाइ मात्र नभएर हाल सडकबाटाे समेत प्रयाेग गरेर पर्यटककाे संख्यामा वृद्दी भएकाे छ। तर शुलिगाड देखि फाेक्सुण्डाे तालसम्मकाे यात्रामा प्रयाेग हुने बाटाेमा विभिन्न कठिनाइ झेल्नुपर्ने बाध्यता छ। पुराना भाैँतिक संरचना,जिर्ण बन्न लागेका संरचना भत्किने,वर्खा याममा नदिकाे बहाफ पनि उच्च हुने भएकाले पुल बगाउने,पहिराे अाउने लगाएतका समस्याहरू देखा परेका छन्। भाैँतिक संरचना र बाटाे निर्माणमा विशेष ध्यान दिने पर्ने देखिन्छ।
स्थानीय लार्के लामाले साउन २८ गते परेकाे भारी वर्षाका कारणले शे-फोक्सुण्डो गाउँ पालिका वडा नम्वर ८ र ९ मा पुल तथा बाटोहरू बिग्रेको र बगाएको हुंदा सम्बन्धित निकायहरू स्थानीय तह,प्रदेश केन्द्रीय सरकार र शे फोक्सुण्डो राष्ट्रीय निकुञ्ज, फोक्सुण्डो मध्यबर्ती क्षेत्र उपभोक्ता समिति र अन्य सराेकारवाला निकायकाे बाटाे मिर्माणमा पहल गर्न अनुराेध गरे ।
तस्वीरः लार्के लामा तथा सामाजिक सञ्जालबाट