spot_img

अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा समेट्ने योजना प्रधानमन्त्री दाहालद्वारा घोषणा

spot_img

काठमाडाैँ,सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु गरेको छ।

बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु गरेको हो। एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको तर्फबाट अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा समेट्ने अभियान सुरु गरेको औपचारिक घोषणा गरे।

अनौपचारिक क्षेत्रका श्रमिकलाई ०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत मंसिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालनसम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो।

वैशाख १ गतेदेखि नै कोषमा समेट्ने भनिए पनि तयारी नपुगेकाले आज औपचारिक घोषणा गरिएको हो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img