spot_img

विपक्षीहरूलाइ संकेत गर्दै गृहमन्त्री श्रेष्ठले भनेः”भ्रष्टाचार विरुद्धको अभियानमा भाँजो हाल्न षड्यन्त्र भइरहेको छ”

spot_img

गोरखा — उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको अभियानमा कसरी भाँजो हाल्न सकिन्छ भनेर विभिन्न षड्यन्त्र भइरहेको बताएका छन् । अजिरकोट गाउँपालिकास्थित भच्चेकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले सरकारको अभियानले भ्रष्टाचारी, तस्कर, ठग र सुदखोरहरू आत्तिएको बताएका हुन् ।

‘नेपाली समाजमा राम्रो प्रवृत्ति पनि छ, खराब प्रवृत्ति पनि छ, भ्रष्टाचारविरुद्ध अभियान जति अघि बढ्दै गएको छ, तस्करहरूविरुद्धको अभियान जति अघि बढ्न खोज्दैछ, आम मिटरब्याजपीडितलाई न्याय दिन मिटरब्याजीविरुद्धको अभियान चल्दैछ, जति–जति सुशासनको अभियान चल्दैछ, भ्रष्टाचारी, तस्कर, ठग, सुदखोर, अपराधीहरू आत्तिएका छन्,’ उनले भने । राम्रो काम गर्न खोज्दा नराम्राहरूले सहजै अघि बढ्न नदिने प्रवृत्ति रहेको पनि गृहमन्त्री श्रेष्ठको भनाइ छ ।

‘अभियानलाई अघि बढ्न नदिन कसरी भाँजो हाल्न सकिन्छ, कसरी त्यस कामलाई रोक्न सकिन्छ भनेर विभिन्न षड्यन्त्रहरु भइरहेका छन्,’ उनले भने,‘तस्कर, भ्रष्टाचारी, ठग र त्यसका संरक्षक सल्बलाए भनेर सरकार तैं चुप मै चुप बस्ने, पहिले जे छ त्यस्तै होस भन्ने पक्षमा छैन ।’

गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारविरुद्धको अभियानमा कोही निर्दोष नफस्ने र अपराधी पनि नछुट्ने प्रतिबद्धता व्यक्त गरे ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img