spot_img

कुनै समय अछूत भनेर शिक्षक बन्न नपाएका विश्वकर्मा अब राष्ट्रिय सभाका माननीय

spot_img

गाउँकै विद्यालयमा सजिलै जागिर पाएको भए, अनि जागिर ठीकठाक चलिरहेको भए विष्णुबहादुर विश्वकर्मा यतिबेला अवकाश पछिको जीवन बिताइरहेका हुन्थे । तर न उनले सजिलै जागिर पाए न पाएको जागिर ठीकठाक चल्यो । उनी जागिर छाडेर राजनीतिमा होमिए । ३४ वर्षपछि विश्वकर्मा कर्णाली प्रदेशबाट बिहीबार राष्ट्रिय सभा सदस्यमा विजयी हुन पुगे ।

शिक्षकको जागिर छाड्न बाध्य पारिएपछि राजनीतिमा होमिएका विश्वकर्माले विद्वतहरूको थलो भनिने राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् ।जुन सामाजिक कुरीतिले उनलाई शिक्षकको जागिर गर्ने अवसरबाट वञ्चित गरायो, त्यसैका विरुद्ध विद्रोहको विगुल फुक्दाफुक्दै विष्णुलाई राष्ट्रिय सभा सदस्य बनेर कानुन निर्माणमा सहभागी बन्ने अवसर जुरेको छ ।

दुर्गमको पर्याय मानिन्छ कर्णाली । कर्णालीको कालिकोट त्यसको पनि अग्रपंक्तिमा नै आउँछ । त्यही वस्तीको दलित समुदायमा जन्मिएका विश्वकर्माले यहाँसम्म पुग्न अनेकौं सामाजिक र राजनीतिक हन्डर भोगेका छन् । राष्ट्रिय सभा सदस्य जीवन बुढाका शब्दमा उनी कर्णालीका इमानदार नेता हुन् । ‘सामाजिक संरचनामा दलित समुदाय । भौगोलिक संरचनामा कर्णाली क्षेत्र । व्यक्तिगत स्वभावमा इमान्दारिता । समग्रमा कर्णालीका इमान्दार दलित नेता हुनुहुन्छ विष्णुजी’ बुढा भन्छन्, ‘समाज र राजनीतिमा एक सामान्य व्यक्तिले भन्दा गह्रुँगो भारी बोकेर हिंडेका योद्धाका रूपमा उहाँलाई चिन्नुपर्छ ।’

कालिकोटको मालकोटले माओवादी युद्धपछि पनि जातीय उत्पीडन विरुद्ध पटकपटक विद्रोह गरेको छ । त्यही मालकोटमा जन्मिएका विष्णुको परिवारमा ६ जना दिदीबहिनी र ४ जना दाजुभाइ गरी १० भाइबहिनी छन् । उनी परिवारका माइला छोरा । दलित समुदाय, त्यसैमा ठूलो परिवार । सबैले पढ्ने अवसर पाउन सम्भव थिएन ।विष्णुका बुबाले उनलाई ७ वर्षको उमेरमा स्कुल पढ्न पठाए । त्यो पनि उनका लागि ठूलै अवसर थियो । उनले २०४० सालमा माध्यमिक विद्यालय तहको पढाइ सके । समाजमा भोग्नुपर्ने विभेदका अनन्त श्रृंखला त छँदै थिए, पढाइ सकेपछि उनले त्यसको उत्कर्ष पनि भोग्नु पर्‍यो ।

मावि तहको पढाइ सकेपछि विष्णुले शिक्षकको जागिरका लागि प्रयास गरे । त्यतिबेला जिल्ला शिक्षा अधिकारीले सिफारिस गरिदिएपछि जागिर पाइन्थ्यो । उनलाई त्यतिबेला जिशिअले सिफारिस पनि गरिदिए । तर समाजले उनलाई जागिर दिएन ।‘पाँचपटक भन्दा बढी जागिरका लागि कोशिस गरेँ । कामीको छोरो, केटाकेटीको खाजा छोइन्छ भनेर जागिर पाइएन’, चालीस वर्षअघिको संघर्ष सम्झिंदै विष्णु भन्छन्, ‘पढेर मात्रै नहुने, अछुतको छोरो भएपछि पढाउने जागिर पनि पाइएन ।’

त्यतिबेलाको जिल्ला सदरमुकाममा रहेकै विद्यालयको सञ्चालक समितिले जागिर नदिएपछि उनी फेरि जिशिअलाई भेट्न पुगे । जिशिअले उनलाई ‘फेरि पनि आउँदै गर्नु, प्रयास गरौँला’ भनेर फर्काइदिए । आफ्नै गाउँबस्तीमा दलित भएकै कारण शिक्षकको जागिरमा पटकपटक अस्वीकृत भएपछि उनी निराश र आक्रोशित दुवै थिए । तर विकल्प थिएन । उनी जिल्ला शिक्षा अधिकारीको आश्वासन कुरेर बसिरहेका थिए । कालीकोटको राँकुमा प्रावि स्कुल खुल्ने भयो । विद्यालय दर्ता गर्न शिक्षक चाहिने भए । कोही नभएपछि विष्णुले अवसर पाए । तर निस्शुल्क पढाउनु पर्ने शर्त राखियो । उनी राजी भए ।

एक वर्षसम्म उनले निःशुल्क पढाए । तर अर्को वर्षदेखि गाउँमा घरपायक पर्ने कथित उपल्लो जातिका व्यक्ति सरुवा भएर आउने भए । विष्णुलाई रिक्त रहेको ठाउँमा जान भनियो । यताबाट उता जान भनियो, तर उताबाट दलित भनेर स्वीकार गरिएन ।

उनको परिवार र समुदाय सबै मिलेर संघर्ष गर्नुपर्‍यो । अरूले रोजेको पाएपछि उनले छाडेकै जागिर भए पनि गर्नु बाध्यता थियो । उनले करिब ६ वर्षसम्म त्यो ठाउँमा पढाए ।

उनले उक्त स्कुलमा पढाइरहेकै बेला ०४६ सालको अन्तिमतिर प्रजातन्त्रका लागि आन्दोलन सुरु भयो । काठमाडौंमा आन्दोलन सुरु भएसँगै उनले थिचोमिचो सहेर पढाइरहेको विद्यालयबाट विरक्तिएर जागिरबाट राजीनामा दिए ।

त्यसपछि उनी कहिल्यै फर्केर शिक्षकको जागिर खान गएनन् । बरु जागिर छाड्न बाध्य बनाएको जातिय उत्पीडन विरुद्ध लड्ने प्रतिबद्धतासहित राजनीतिमा होमिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img