spot_img

प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध तीनवटा उजुरी

spot_img

काठमाडौं, संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार शर्माविरुद्ध ३ वटा उजुरी परेको छ ।संसदीय सुनुवाइ समितिको गत शुक्रबार बसेको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । मंगलबारसम्म तीन वटा उजुरी प्राप्त भएको समिति सचिवालय स्रोतले जनाएको छ ।

समिति सचिवालयका अनुसार आगामी जेठ ४ गतेसम्म उजुरी गर्ने म्याद तोकिएको छ ।समिति सचिवालयका अनुसार उजुरी दिन हुलाकदेखि इमेलसम्मलाई उपयोग गर्न सकिनेछ । सिधै सचिवालयमा पुगेर पत्रमार्फत पनि उजुरी दिन सकिन्छ । सुनुवाइ समितिका सदस्यहरूलाई प्रत्यक्ष भेटेर खामभित्र राखेर उजुरी दिन सकिन्छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट पनि उजुरी गर्न सकिन्छ । इमेलबाट पनि उजुरी दिन सकिन्छ ।

उजुरी दिँदा भने विषयवस्तुको आधार र कारण स्पष्ट खुलाउन आग्रह गरिएको छ । आगामी जेठ ५ गते बस्ने सुनुवाइ समिति बैठकले सबै समिति सदस्यको रोहबरमा प्राप्त उजुरी खोल्नेछ ।त्यसपछि अध्ययनका लागि सबै सदस्यहरूलाई वितरण हुनेछ ।संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिश गरेका शर्मालाई संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img