spot_img

स्मार्ट टेलिकम प्रकरण:लहरो तान्दा पहरो आने संकेत,भाग्दै गरेको अवस्थामा सिन्धुलीबाट सीईओ पाण्डे पक्राउ

spot_img

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् । ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको अनुरोधमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा पक्राउ गरिएको हो।

६३ वर्षीय पाण्डेले आफ्नो मोबाइल फोन स्विच अफ गरी भाग्दै गरेको अवस्थामा सिन्धुलीको कमलामाई नगरपालिका–६ बसपार्कस्थित मदन भण्डारी राजमार्गमा सवारी चेकजाँचका क्रममा मङ्गलवार राति करिब ८ बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

अनुमतिपत्र नवीकरण नगरेका कारण २०८० वैशाख ३ गतेदेखि स्वतः रद्द भएको ‘स्मार्ट टेलिकम प्रालि’ को सम्पत्ति व्यवस्थापनका क्रममा पाण्डेले बेइमानी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

नियमानुसार स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, पूर्वाधार र सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा रहने भए पनि लोन रिकभरी कमिटी एलआरसीको अध्यक्ष समेत रहेका पाण्डेले नेपाल सरकारको हक टुटाउने उद्देश्यले लिलामी प्रक्रियामा बदनियतपूर्ण कार्य गरेको देखिएको छ।

यसका साथै नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले २०८२ असोज ३ गते लिलामीको सूचना निकाल्दा ४० करोड रुपैयाँ ठगी गरेको विषयमा पनि अनुसन्धान भइरहेको छ। लिलाम गरिने उपकरणहरू जडान भएका घर–जग्गा धनीलाई बुझाउनुपर्ने घर बहाल र विद्युत् महसुलबापतको ४० करोड रुपैयाँ बोलपत्रदाताले थप गरी बुझाउनुपर्ने सर्त सूचनामा राखिएको थियो। सो रकम बैङ्कले बुझिलिए पनि हालसम्म घर धनीलाई बहाल र विद्युत् महसुल नदिई आफैँसँग राखेर ठगी तथा आपराधिक विश्वासघात गरेको अभियोग पाण्डेमाथि लागेको छ।

पक्राउ परेका पाण्डेमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको कसुरमा ब्युरोले थप कानुनी प्रक्रिया र अनुसन्धान अगाडि बढाएको छ। यसअघि नै रद्द भइसकेको स्मार्ट टेलिकमको सम्पत्तिमाथि बैङ्कले गरेको लिलामी र त्यसमा भएको आर्थिक अपचलनलाई प्रहरीले गम्भीरताका साथ लिएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img