डाेल्पा,जिल्लाकाे त्रिपुरासुन्दरी नगरपालिका-१ मा रहेको छलगार्ड पुलकाे दुबैतीर भत्कीएकाे थियाे। जसका कारण याे बाटाे भएर यात्रा गर्ने माेटरसाइकल चालक देखि यात्रुलाइ शास्ति खेप्नु परेकाे थियाे। निरन्तरकाे जनगुनासाेपछि नगरप्रमुख जनचन्द्र राेकाया एका बिहानै प्राविधिक सहित बाटाेकाे स्थलगत निरीक्षण गर्नुभएको छ।
प्राविधिक नापजाँच गरेर तत्काल बाटाे निर्माण शुरू हुने मेयर राेकायाले बताउँनु भयाे। यस विषयमा इमान्दार खवरले पनि जनगुनासाेबारे मेयरलाइ जानकारी गराएकाे थियाे। जानकारी पाएकाे भाेलिपल्ट मेयर आफैँ फिल्डमा गएर बाटाे निर्माणका लागि निर्देशन दिनुभएकाे छ।
शनिवार एकाविहानै फिल्डमा पुगेका नगर प्रमुख जनचन्द्र राेकायले सवारी तथा पैदल यात्रुहरुकाे असुविधालाई ध्यानमा राखेर पहिलाकाे भन्दा पनि राम्रो तरिकाले तत्काल निर्माण गरिने जानकारी दिनुभयाे। नगरकाे समग्र विकासका लागि सबैकाे सल्लाह,सुझाव र सकारात्मक आलोचना आवश्यक रहेको उहाँकाे भनाइ छ ।
पछिल्लाे समय त्रिपुरासुन्दरी नगरपालिकाले दिर्घकालिन विकास र प्रशासनिक क्षेत्रमा समेत उलेख्य प्रगति गरेकाे छ।
तस्वीरःराम न्याैपाने,डाेल्पा


















