spot_img

माओवादीले जितेका स्थानीय तहमा ‘जनयुद्ध दिवस’मा सार्वजनिक बिदा

spot_img

रोल्पाका स्थानीय तहहरूले ‘जनयुद्ध दिवस’को अवसरमा फागुन १ गतेका लागि सार्वजनिक बिदा घोषणा गरेका छन् । दश स्थानीय तहमध्ये नेकपा (माओवादी केन्द्र)ले जितेको सात स्थानीय तहमा फागुन १ गते बिदा घोषणा गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारको राजपत्रअनुसार स्थानीय तहको आवश्यकतालाई मध्यनजर गरी एक दिन सार्वजनिक बिदा दिन मिल्ने प्रावधानअनुसार बिदा दिइएको सुनिल स्मृति गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकीले बताए ।

रोल्पा नगरपालिकाले ‘जनयुद्ध दिवस’का दिन सार्वजनिक बिदा दिँदै नगरप्रमुख सुरेन्द्र थापा घर्तीले जनयुद्ध व्यवस्था परिवर्तनका लागि महान् दिन भएको बताउँदै बिदा दिइएको बताए । ‘हामीले संविधान र प्रदेश सरकारको अधिकार क्षेत्रभित्र रहेर बिदा दिएका छौँ,’ नगरप्रमुख घर्तीले भने, ‘जनयुद्ध सुरु गरेको दिनलाई सबै नेपालीले उत्सवको रूपमा मनाउनुपर्दछ ।’

जनयुद्धकै कारण मुलुक संघीय गणतन्त्रात्मक व्यवस्थामा गएको भन्दै माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तीले यसलाई कसले मनाउने वा नमनाउनेभन्दा पनि राष्ट्रिय पर्वको रूपमा सबैले स्वीकार गर्नुपर्ने बताए । ‘जनयुद्ध दिवस’को अवसर पारेर रोल्पा नगरपालिकासहित, माडी, सुनछहरी, थबाङ, सुनिल स्मृति र लुङ्ग्री गाउँपालिकाले बिदा घोषणा गरेका छन् । बिदा घोषणा गरेका गाउँपालिकाले ऐतिहासिक दिनको रूपमा आ–आफ्नै कार्यालयमा मनाउने गरी अपिल गरेका छन् ।

सार्वजनिक बिदा आह्वान गरेका स्थानीय तहका प्रमुखहरूले राष्ट्रिय पर्वको रूपमा रहेको ‘जनयुद्ध दिवस’मा सार्वजनिक बिदा दिन पाउने कार्यपालिकाको अधिकारलाई न्यायपालिकाले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

यता सुनछहरी गाउँपालिकाले फागुन १ र २ गते बिदा दिएको छ । नेपालका प्रथम सहिद क्याप्टेन लखन थापामगरको स्मृति दिवसको सन्दर्भ पारेर सार्वजनिक बिदा घोषणा गरेको छ ।

डाेल्पाका मुड्केचुला गाउँपालिका,पश्चिम रूकुमकाे अाठविस काेट नगरपालिका लगाएतका स्थानीय तहहरूले पनि विदाकाे घाेषणा गरेका छन्।

गाउँ सभामा पारित भएअनुसार हरेक वर्षको दुई दिन सार्वजनिक बिदा दिइँदै आएको गाउँपालिका अध्यक्ष धनबहादुर पुनले बताए । नेकपा (माओवादी केन्द्र) बाहेक कांग्रेसले जितेको रुन्टीगढी र गंगादेव तथा एमालेले जितेको त्रिवेणी गाउँपालिकामा भने सार्वजनिक बिदा दिइएको छैन ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img