spot_img

माओवादी बैठकमा अध्यक्ष प्रचण्डकाे चाैंतर्फी चेतावनीयुक्त भाषणःअदालत,कांग्रेस,पार्टी नेतृत्व देखि युवा नेतालाइ चेतावनी

spot_img

काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध मनाउने आफूहरुको नैसर्गिक अधिकार हो भन्दै यसलाई कसैले रोक्न नसक्ने बताएका छन् । सोमबार नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रचण्डले देशभरि जनयुद्ध दिवस मनाउने बताए । ‘भोलि जनयुद्ध दिवस मनाउने भनेर सरकारले निर्णय गरेको थियो । अस्ति भर्खरै शान्ति प्रक्रिया नटुंगिएको हुनाले जनयुद्ध दिवस मनाउन उचित नहुने भनेर अदालतले निर्णय ग¥यो’, प्रचण्डले बैठकमा राखेको धारणा उद्धृत गर्दै एक नेताले भने, ‘हामी अदालतको निर्णयलाई शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने बेलासम्म सम्मान नै गर्छौं । तर जनयुद्ध दिवस मनाउने हाम्रो नैसर्गिक अधिकारलाई कसैले रोक्न सक्दैन, रोकिँदैन । देशभरि भोलि जनयुद्ध दिवस मनाइन्छ ।’ उनले भोलि १ फागुनमा काठमाडौंमा विधान सम्मेलनको उद्घाटन नै जनयुद्ध दिवसलाई सम्मान गर्दै मनाउने र देशभर आ–आफ्नो तरिकाले मनाउने पनि बताए ।

 माओवादीका विद्यार्थी र युवा संगठनसँग प्रचण्डको असन्तुष्टि, नेतृत्व बदल्ने चेतावनी

नेकपा माओवाद केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका दुई मुख्य जनवर्गीय संगठनप्रति असन्तुष्टि व्यक्त गरेका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै चार महिने रुपान्तरण अभियान र अन्य काममा पनि दुई मुख्य जनवर्गीय संगठनहरू अखिल क्रान्तिकारी र योङ कम्युनिष्ट लिग (वाईसीएल) ले अपेक्षा गरेजस्तो काम गर्न नसकेको भन्दै नेतृत्व परिवर्तन गर्ने बताएका हुन् । ‘जवर्गीय संगठन जसरी चल्नु पर्थ्यो र अभियानमा भूमिका खेल्नु पथ्र्यो त्यस्तो हुन सकेन । त्यसमा पनि मुख्यतः वाईसीएल र विद्यार्थीको भूमिका जस्तो हुनुपर्थ्यो ती दुईवटै संगठन केही आन्तरिक कारणले र केही अन्य कारणले पनि त्यति राम्रो हुन सकेन’, उनले भने, ‘अब हामी जनवर्गीय संगठनलाई सम्मेलनतिर लैजाने, पुनर्गठन गर्ने र नेतृतवको बारेमा सोच्नु पर्ने भएको छ ।’

यस्तै ‘कोशीमा कांग्रेसले दिएको धोकाले गम्भीर बनाएको छ’, बैठकमा प्रचण्डले व्यक्त गरेको भनाइबारे एक केन्द्रीय सदस्यले भने, ‘यसले गठबन्धनमा सोच्नुपर्ने ठाउँमा हामीलाई पु¥याएको छ ।’ प्रचण्डले प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले दिएको धोकाको विषयमा गम्भीर छलफल भइरहेको जानकारी समेत बैठकलाई गराए ।

नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’मा पूर अवधिभर खट्नेलाई बधाईपत्र दिने निर्णय गरेको छ । पार्टी केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकले चार महिनासम्म चलेको अभियानमा शतप्रतिशत खट्नेहरुलाई बधाई पत्र दिने निर्णय गरेको केन्द्रीय सदस्य निर्मल आचार्यले जानकारी दिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img