spot_img

बजेट कार्यान्वयनमा अर्थमन्त्री असफल,२ खर्ब बजेट घटायो (पूर्णपाठ)

spot_img

काठमाडौँ,सरकारले चालू आर्थिक वर्षको बजेट २ खर्ब २० अर्ब रुपैयाँले घटाएको छ । चालू आर्थिक वर्ष २०८०÷८१ को अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले २ खर्ब २१ अर्ब रुपैयाँले बजेट घटाएको हो ।

चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो । यो बजेटलाई संशोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले १५ खर्ब ३० अर्ब ६६ करोड रुपैयाँमा झारेका हुन् ।

जेट कार्यान्वयनको सवालमा यो वर्ष पनि सरकार असफलताको मार्गमा अघि बढेको छ । चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको सरकारले लक्षित राजस्व सङ्कलन नहुने तथा अनुमानित बजेट खर्च गर्न नसकेर अन्ततः बजेटको आकार घटाउन बाध्य भएको छ ।

अर्धवार्षिक समीक्षामार्फत सरकारले विनियोजित बजेट १२।६२ प्रतिशत घटाउँदै १५ खर्ब ३० अर्ब २६ करोड कायम गरेको छ । यो भनेको विनियोजित बजेटको ८७।३८ प्रतिशत मात्र खर्च गर्न सक्ने सरकारको स्वीकारोक्ति हो । साढे १७ खर्बको महत्त्वाकांक्षी बजेट ल्याएको सरकारले अन्ततः खर्च गर्न नसकेर सरेन्डर गर्नु परेको हो ।

अर्धवार्षिक समिक्षा पूर्णपाठ- 

https://drive.google.com/file/d/1uTcsPe00g4ScrgZ35qjdIMlU4ISrcCmU/view

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img