spot_img

माओवादीको पहिलो विधान अधिवेशन:प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयनको चर्चा

spot_img

काठमाडौँ — माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले नेतृत्व चयनमा प्रत्यक्ष निर्वाचन विधिको प्रस्ताव गरेका छन् । माओवादीको पहिलो विधान अधिवेशनमा मस्यौदा प्रस्ताव गर्दै उनले प्रत्यक्ष निर्वाचनको विधिमा जानु अहिलेको आवश्यकता भएको बताए ।

काठमाडौंमा मंगलबारदेखि सुरु भएको अधिवेशनमा प्रस्तुत विधानमा ५१ प्रतिशत खुला र ४९ प्रतिशत समावेशी संगठन संरचनाको प्रस्ताव गरिएको छ । प्रस्तावित विधानमा प्रत्यक्ष निर्वाचन विधि उल्लेख छैन तर विधानमाथि २० समूहले सुझाव दिएपछि यसलाई अन्तिम रूप दिइने भएको छ ।

अध्यक्ष दाहालले खुला र समावेशी गरी ८० प्रतिशत हाराहारीमा प्रत्यक्ष निर्वाचित हुने प्रणाली अपनाउन सकिने सुझाव आएको बताए । ‘नेतृत्वमा दस प्रतिशत मनोनीत गर्नुपर्ने सुझाव आएको छ,’ उनले भने । दाहालले कति प्रतिशत प्रत्यक्ष गर्नेबारे हललाई नै निर्णय गर्न आग्रह गरेका थिए । पार्टीको पदाधिकारी प्रत्यक्ष निर्वाचनबाट कि केन्द्रीय समितिबाट भन्ने टुंगो नलागेको उनले अधिवेशनमा जानकारी दिए । ‘पदाधिकारी केन्द्रीय समितिले चयन गर्दा ठीक हुन्छ भन्ने सुझाव पनि आएको छ,’ दाहालको भनाइ थियो । माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले अध्यक्षको प्रस्तावपछि २० समूह बनाएर विधानमाथि छलफल थालिएको बताए । ‘कति प्रतिशत प्रत्यक्ष गर्ने भन्नेबारे अझै बहस हुँदै छ,’ उनले भने । सापकोटाका अनुसार सांगठनिक संरचनामा ८० प्रतिशत प्रत्यक्ष निर्वाचित र १० प्रतिशत सहवरणको प्रस्ताव आएको छ ।

केन्द्रीय पदाधिकारी चयन केन्द्रीय समितिले गर्ने पक्षमा अध्यक्ष दाहाल छन् । यो समिति १ सय ५१ सदस्यीय हुने भएकाले पदाधिकारी चयन गर्न सहज हुने भएकाले उनी यसको पक्षमा छन् । तर माओवादीको दोस्रो तहका बहुमत नेता भने केन्द्रीय पदाधिकारी पनि प्रत्यक्ष निर्वाचित हुनुपर्ने पक्षमा देखिएका छन् । हालसम्म माओवादी केन्द्रीय समिति प्रत्यक्ष निर्वाचनबाट चयन भएको छैन । पार्टीको नेतृत्वमा दाहाल भएको करिब साढे तीन दशकसम्म केन्द्रीय समिति ‘सहमति’ का आधारमा चयन हुँदै आएको छ । समितिले पहिलो पटक विधान अधिवेशन गरी नेतृत्व प्रत्यक्ष मतदानबाट चयन हुने विधि अपनाउन लागेको हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img