spot_img

माओवादी केन्द्रको विधान अधिवेशनःमाओवादीमा प्रत्यक्ष निर्वाचनको पक्षमा मत बलियो,आज बाँकी सात समूहले सुझाव पेस गर्ने

spot_img

काठमाडौँ,नेकपा (माओवादी केन्द्र)को विधान अधिवेशनका क्रममा सुझाव सङ्कलन गरेकामध्ये सात समूहले आज सुझाव पेस गर्ने भएका छन् । यसअघि हिजो विभिन्न २० समूहमध्ये आज १३ समूहबाट सुझाव प्रस्तुत भएको थियो । बैठक बिहान ११ बजे कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा बस्नेछ ।

सुझाव पेस गर्ने क्रममा महाधिवेशन प्रतिनिधिहरु पार्टी समिति सदस्यबाट निर्वाचित भएर आउनुपर्ने, शहीद, बेपत्ता र घाइतेका सदस्यका प्रतिनिधिलाई महाधिवेशनमा परिवेक्षकका रुपमा राख्नुपर्ने, पार्टीलाई छरितो एवं जनमैत्री बनाएर सबै क्षेत्र र समुदायलाई समेटेर लैजानुपर्ने विषयहरु उठान भएका छन् ।

मङ्गलबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको अधिवेशन आज समापन गर्ने तयारी छ ।

नेकपा(माओवादी केन्द्र)को विधान अधिवेशनमा पदाधिकारीसहित सबै तहमा प्रत्यक्ष निर्वाचित हुनुपर्ने मत बलियो देखिएको छ । प्रस्तावित विधान मस्यौदा अधिवेशनमा बुधबार १३ समूहबाट समूहगत सुझाव टोली नेताले अधिवेशनमा पेस गरेका थिए । यद्यपि निर्वाचन प्रक्रियाको विषयमा फरक–फरक मत आएको नेताहरूले बताएका छन् । समूह १५ बाट सुझाव पेस गर्दै हिमाल शर्माले पदाधिकारी सहित प्रत्यक्ष निर्वाचनबाट चयन गर्नुपर्ने व्यवस्था गर्न सुझाव दिए । पार्टी र राजकीय नियुक्तिमा आलोपालोको व्यवस्था गर्नुपर्ने मत बलियो रहेको उनले जानकारी दिए ।

‘अधिकांशको मत प्रत्यक्ष निर्वाचितमा जानुपर्छ भन्नेमा छ । राजकीय र पार्टी पदाधिकारी आलोपालो हुनुपर्ने मत बलियो छ । साथै केन्द्रीय समिति सानो र चुस्त बनाउन सुझाव आएको छ’, उनले भने । समूह १ बाट सरल सहयात्रीले अधिकांशको मत प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्नेमा मत रहेको बताए । उनले निर्वाचन, लेखा र अनुशासनलाई थप अधिकार सम्पन्न बनाउनुपर्छ भन्ने सुझाव आएको जानकारी दिए ।

‘सम्पत्ति शुद्धीकरण लगायत विषयमा स्पष्ट कार्यविधि बनाएर आयोगलाई दिनुपर्नेमा जोड रहेको छ’, उनले भने, ‘प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुपर्ने अधिकांशको सुझाव आएको छ ।’ समूह ९ बाट रञ्जित तामाङले यही अधिवेशनबाट पार्टी विधान पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिएका छन् । प्रत्यक्ष निर्वाचन प्रणाली, सरकार र पार्टीलाई समावेश गरेर सत्ता सञ्चालन समन्वय समिति बनाउनुपर्ने सुझाव आएको उनले जानकारी दिए ।

‘अधिकांशको मत सबै तहमा प्रत्यक्ष निर्वाचित हुनुपर्ने छ । प्रदेश र जिल्लालाई अधिकार सम्पन्न बनाउनुपर्ने, केन्द्रीय निकायलाई शक्तिशाली बनाउनुपर्ने मत आएको छ’, उनले भने । समूह ५ बाट दिलीपकुमार प्रजापतिले पार्टीले पनि अधिकांशको सुझाव प्रत्यक्ष निर्वाचित प्रणाली सानो आकारको केन्द्री सदस्यको व्यवस्था राख्नुपर्ने रहेको बताएका छन् । राताेपाटीमा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img