spot_img

ललितानिवास जग्गा प्रकरणःनेतालाइ सफाइ,पूर्व अख्तियार प्रमुख सहितका कमर्चारी र भुमाफियालाइ अदालतकाे कैद फैसला

spot_img

काठमाडाैँ,ललितानिवासको जग्गासम्बन्धी भ्रष्टाचार मुद्दामा नेताहरूले सफाइ पाए भने कर्मचारी र भु माफिया मात्रै दाेषी ठहर भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्वप्रमुख आयुक्त दीप बस्न्यात र पूर्वसचिव छविराज पन्त दोषी ठहर भएका छन् ।

विशेष अदालतले सो मुद्दामा फैसला सुनाउँदै दुवैलाई जनही दुई वर्ष कैद र ८० लाख ४८ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीनिवास विस्तार गर्दा भ्रष्टाचार गरेको अभियोगमा उनीहरू दोषी ठहर भएका हुन् । त्यति वेला बस्नेत भौतिक योजना मन्त्रालयका सचिव थिए भने पन्त भूमिसुधार मन्त्रालयमा थिए ।

विशेषका सदस्यत्रय खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यो मुद्दा दर्ता भएको चार वर्षपछि फैसला सुनाएको हो । यो मुद्दामा मुख्य बिचौलिया शोभाकान्त र रामकुमार सुवेदीसहित १२ जनालाई मुख्य कसुरदारको रुपमा सजाय भएको छ ।

सो मुद्दामा तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भने सफाइ पाएका छन् । यस्तै, भूमिसुधार मन्त्रालयका तत्कालीन मन्त्री चन्द्रदेव जोशी र सचिव दिनेशहरि अधिकारीले सफाइ पाएका छन् ।

तत्कालीन सचिव अधिकारीले मन्त्रीपरिषदको निर्णयअनुसार परिवर्तित सन्दर्भमा पुनः प्रस्ताव पेश गरेको तथा जोशीले भूमिसुधार मन्त्रीको हैसियतमा सोही प्रस्ताव पेश गर्न स्वीकृतिसम्म देखिन आएको तर बदनियत तत्वको अभाव देखिएको फैसलामा उल्लेख छ ।

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ दोषी ठहर भएका छन् । विशेष अदालतले भाटभटेनीका सञ्चालक गुरुङलाई २ वर्ष कैद र ८० लाख जरिवानाको सजाय सुनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img