spot_img

माओवादीकाे विधान पारितःकेन्द्रीय समितिसम्म प्रत्यक्ष निर्वाचन गर्ने,पार्टीको नाम र चुनाव चिन्ह नफेर्ने लगाएतका यस्ता छन् नयाँ निर्णयहरू

spot_img

काठमाडौँ,नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति संख्या बढाउनेदेखि प्रत्यक्ष निर्वाचन प्रणालीमा जानेसम्म निर्णय गरेको छ । बिहीबार प्रज्ञा भवन कमलादीमा सम्पन्न विधान अधिवेशनले प्रस्तावित मस्यौदा विधान परिमार्जनसहित पारित गरेको हो । २० वटा समूहबाट आएका सुझावका आधारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हलको म्याण्डेट अनुसार अगाडि बढ्न तयार भएका हुन् । यद्यपि पार्टीको नाम र चुनाव चिन्ह फेर्ने विषयमा उनले असहमति राखेका छन् । यस्तै चैत र वैशाखमा फेरि अभियान चलाउने अध्यक्षले घोषणा गरेका छन् ।

प्रस्तावित विधानमा केन्द्रीय समिति संख्या १५१ प्रस्ताव गरिएको थियो । हलबाट आएको प्रस्तावमध्ये १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको हो । यस्तै कार्यालय ११ जनाको बनाउने स्थायी स्थायी समिति केन्द्रीय समितिको एक तिहाइ सदस्य संख्याको बनाउने लगायतका निर्णय पनि भएको छ ।

२० वटै समूहबाट जोडदार रुपमा उठेको प्रत्यक्ष निर्वाचन प्रणाली अधिवेशनले अनुमोदन गरेको छ । यद्यपि पदाधिकारी भने समितिबाट नै हुने गरी यथावत् राखिएको छ । हलको निर्णय अनुसार स्थानीय तह, प्रदेश र केन्द्रीय स्तरमा निर्वाचन प्रणालीबाट कमिटी चयन गर्ने र उक्त कमिटीले पदाधिकारी चयन गर्ने छ ।

अभियानलाई निरन्तरता दिने केन्द्रीय समिति र अधिवेशनको म्याण्डेट अनुसार दुई अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । प्रचण्डले तत्काल पार्टीको नाम र चुनाव चिन्ह फेर्ने निर्णय गर्नु वस्तुवादी नहुने बताएका छन् । अधिवेशनबाट नै नाम फेर्न नसकिने उनले घोषणा गरेका हुन् ।

पार्टीले सञ्चालन गरेको चार महिने अभियानमा नखट्ने नेता तथा कार्यकर्ताहरूलाई कारबाहीको दण्डा चलाउने भएको छ । कारबाहीबारे हलमा बोल्दै प्रचण्डले भने–‘पार्टी निर्माणका लागि राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई कारबाही नगरे पार्टी बनाउन सकिँदैन ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img