spot_img

ललितपुरकाे महालक्ष्मीमा भाेलि देखि महोत्सव शुरू हुँदैःके के छन् आकर्षक कार्यक्रमहरू ?

spot_img

ललितपुर,ललितपुरमा भाेलि अर्थात फागुन ५ गतेदेखी ७ गतेसम्म महालक्ष्मी महोत्सव शुरू हुँदै छ। महालक्ष्मी नगरपालिकाकाे आयोजना गर्न लागिएको महोत्सव “महालक्ष्मी नगरको समृद्धिको आधार, शिक्षा, संस्कृति, उद्योग, पर्यटन र व्यापार“ भन्ने नारासहित  प्रथम महालक्ष्मी महोत्सव–२०८० को आयोजना गर्न लागिएको नगरप्रमुख हरिगोबिन्द श्रेष्ठले जानकारी दिए।

नगरपालिकाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक, प्राकृतिक सम्पदाहरुको पहिचान, संरक्षण, प्रवर्धन तथा प्रचारप्रसारमार्फत नगरपालिकाको राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा विशिष्ट पहिचान स्थापित गर्दै नगरक्षेत्रको आर्थिक गतिविधिलाई समेत गतिशील बनाई मुलुकको अर्थतन्त्रमा समेत योगदान पुर्याउने उद्देश्यहरु रहेको छन् । महोत्सवमा नगरपालिका भित्रका स्थानीय उत्पादन, रैथाने खानाका परिकार, विभिन्न सांस्कृतिक प्रदर्शनी तथा सम्पदाहरुको अवलोकन, मनोरञ्जनात्मक प्रस्तुतिहरु, राष्ट्रिय कलाकारहरुको विविध प्रस्तुति, पर्यटकीय स्थलहरुको अवलोकन,विशिष्ट व्यक्तित्वहरुको भ्रमण लगायतका विविध कार्यक्रम महोत्सवको अंगका रुपमा रहेको महर्जनले बताएकी छन् ।

आगामी फागुन ५ गते वडा नं ८ लुभु स्थित महालक्ष्मी मन्दिर परिसरमा नेपाल सरकारका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले महोत्सवको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक नगरपालिकाले जानकारी दिएको छ ।

यसैगरी ६ गते वडा नं ६ सिद्धिपुरमा नेवारी संस्कृति तथा अन्य शैक्षिक, उद्योग, स्थानीय उत्पादनको प्रदर्शनी सहित सांस्कृतिक कार्यक्रम रहनेछ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यता रहने उक्त दिन वडा नं ३ को बोजेपोखरीमा डुँगा सयर, फुड फेस्टिभल तथा प्रदर्शनी समेत रहेको छ।

महोत्सव समापनको दिन ७ गते अर्थात अन्तिम दिन महालक्ष्मी १० को पर्यटकीय क्षेत्र लाँकुरीभञ्ज्याङमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा मनमोहन टावर तथा गणेशमान पार्क, मानेदोभान, तामाङ गुम्बाहरुको अवलोकन तथा दृश्यावलोकनको कार्यक्रम रहेको छ। महोत्सवका लागि नगरपालिकाले ५० लाखको बजेट व्यवस्थापन गरेको नगरपालिकाले जनाएकाे छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img