spot_img

बालकुमारी घटनाःप्रमुख दलका शिर्ष नेताहरूविच भौतिक मन्त्री प्रकाश ज्वालालाइ फिर्ताका विषयमा छलफल

spot_img

काठमाडौं,सत्ता गठबन्धनका नेताहरुबीच बालकुमारी घटनाको प्रतिवेदनबारे छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो । देउवा, पार्टी उपसभापति समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई लिएर बालुवाटार पुगेका थिए ।

नेताहरुबीच प्रतिवेदन अध्ययन गरेर एउटा निष्कर्षमा पुग्ने समझदारी भएको छ । ‘सरकारले प्रतिवेदन बुझेको छ । अध्ययन गरेर के गर्ने भन्ने लाइनमा छलफल भएको छ’ बालुवाटार स्रोतले भन्यो, ‘प्रतिवेदको कन्टेन्ट र भाषा हेर्नुप¥यो, सम्बन्धित साथीहरुसँग पनि छलफल हुनुप¥यो । त्यसपछि कुनै निर्णयमा पुगिएला ।’

दुई जनाको ज्यान जाने गरी १३ पुसमा भएको घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा घटना हुनुमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, उनका पीएसओ र प्रहरीका फिल्ड कमाण्डर डीएसपीलाई जिम्मेवार ठहर गरिएको छ । यसलाई लिएर आइतबार एमालेसहितका विपक्षी दलहरुले भौतिक पूर्वाधार मन्त्री ज्वालाको राजीनामा समेत मागेका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img