spot_img

कांग्रेस महासमिति बैठक आज सकिंदैःगठबन्धनबारे बोल्दा माओवादी भड्किने डर

spot_img

काठमाडौं,नेपाली कांग्रेसमको महासमिति बैठकमा चुनावी गठबन्धनको बहसले प्राथमिकता पाएको छ ।शीर्ष तहमा भएको सहमतिअनुसार महामन्त्री गगनकुमार थापाले सांठगनिक प्रतिवेदनमा चुनावी गठबन्धन नगर्ने संकल्प प्रस्तावलाई संशोधन गरेर एक्लै लड्ने प्रस्ताव राखेका छन् । तर महासमिति प्रतिनिधिहरुले भने प्राथमिकताका साथ गठबन्धनबारे नै मत राख्ने गरेका छन् ।

महासमिति बैठकमा पेश भएका प्रतिवेदनहरुमाथि छलफलका लागि चार वटा समूह बनाइएको छ । बुधबार सबै समूहमा गरेर कूल ३८५ जनाले प्रतिवेदनमा सुझाव दिएका छन् । सहभागीहरुका अनुसार धेरै प्रतिनिधिले गठबन्धनका विषयमा धारणा राखेका छन् । चुनावी गठबन्धन गर्ने निर्णय जानुपर्छ भन्ने मत राख्ने देखिएका नेताहरु छैनन्, तर धेरैजसो जिल्ला सभापति, प्रदेशसभा सदस्य र केन्द्रीय नेताहरुले चुनावमा गठबन्धन गर्ने नगर्ने निर्णय गर्न हतार गर्न नहुने मत राखेका छन् ।

अहिले नै गठबन्धन नगर्ने भनेर संकल्प गर्नु माओवादीलाई वाम एकतातिर धकेल्नु हुने उनीहरुको तर्क छ । ‘केन्द्र मात्र होइन, प्रदेशमा पनि सरकार छ, कतिपयलाई मन्त्री हुन्छु भन्ने होला, कतिपयलाई फेरि चुनाव जित्नु होला’, कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘४ वर्षपछि हुने चुनावमा गठबन्धन नगर्ने भनेर अहिले हतारमा किन बोल्नु भन्ने मत धेरैको छ । यो नेतृत्व तहमा भएका साथीहरुको परिपक्तता पनि हो, एक हिसाबले डर पनि हो ।’

महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिमा पेश गरेको समसामयिक राजनीतिक प्रतिवेदनमा पनि गठबन्धनबारे निर्णय गर्न हतार गर्न नहुने उल्लेख थियो । सोमबार महासमिति बैठक उद्घाटन सत्रमा सभापति देउवाले पनि त्यही बोले ।‘भविष्यमा राजनीतिक गर्ने कि नगर्ने भन्ने विषयमा तत्कालीन परिस्थितिमा निर्भर हुने हुँदा पार्टीले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य, सान्दर्भिकता लगायतको ठोस मूल्यांकनमा त्यसैबेला निर्णय लिनसक्ने छ’, गत सोमबार देउवाले भनेका थिए । तर महामन्त्री थापाले चुनावी गठबन्धन नगर्ने संकल्प गर्नुपर्ने अडान राखेपछि सांठगनिक प्रतिवेदन नै तयार पार्न नेताहरुलाई हम्मेहम्मे परेको थियो । महासमिति उद्घाटनपछि भएको छलफलमा चुनावी गठबन्धन नगर्ने भन्नुको साटो कांग्रेसले एक्लै चुनाव लड्ने संकल्प गर्न देउवा पनि सहमत भए ।

नेपाली कांग्रेसको महासमितिको बैठकमा आज छलफलबाट प्राप्त सुझाव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । छलफलबाट प्राप्त सुझाव प्रस्तुत भएसँगै ७ गतेदेखि सुरु भएको बैठक आजै सकिनेछ ।

महासमिति बैठकको अन्तिम दिन आज बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरुले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्नेछन् । त्यसपछि आजै अपराह्न समापन समारोह गरिने पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले राससलाई जानकारी दिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img