spot_img

मुलुकका अधिकांस स्थानमा वर्षा र हिमपातःउडानहरू प्रभावित,कहिले देखि हाेला मौसममा सुधार ?

spot_img

काठमाण्डौ – आज देशभरकै मौसम बदली भएर केही ठाउँमा हल्का वर्षा र हिमपात भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका केही ठाउँमा सामान्य असिना पनि परेको छ । त्यस्तै गण्डकी प्रदेशको गोरखा तथा कास्कीमा मेघगर्जनसहित हल्का वर्षा भएको छ । बाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सूदुरपश्चिमका हिमाली क्षेत्रमा हिमपात भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अरु ठाउँमा पनि छिटपुट वर्षा भएको महाशाखाले जनाएको छ । देशको पूर्वी भागमा आज राति हल्का वर्षाको सम्भावना छ । महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार भोलिदेखि देशको पश्चिम क्षेत्रबाट मौसम क्रमिक रुपमा सुधार हुदै जानेछ ।

चिसो बढेकाले स्वास्थ्य सतर्कता अपनाउन पनि आग्रह गरिएको छ । मौसम प्रतिकूल हुँदा आज दिउँसो काठमाडौँबाट हुने अन्तर्राष्ट्रिय उडानहरु पनि प्रभावित भएका छन् । विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार आन्तरिक उडानतर्फ भने सामान्य अवरोध छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img