spot_img

संघीय संसद्का महासचिवकाे नागरिकता र राहदानीबारे अन्यले छानविनकाे माग गर्दाःएमालेकाे बचाउ र काह्रवाही गरेर देखाउन चुनौती

spot_img

काठमाडौँ,नेकपा(एमाले)का सचेतक महेशकुमार बर्तौलाले संघीय संसद्को महासचिवलाई छानबिन गरी कारबाही गर्न चुनौती दिएका छन् । शुक्रवार प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै सचेतक बर्तौलाले संघीय संसद्को महासचिवमाथि व्यक्तिगत लाञ्छना र चरित्र हत्या गर्नेगरी बैठकमा कुरा उठेको भन्दै असन्तुष्टि व्यक्त गरे । शुक्रवार नै बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रतिपक्षलाई संसद्को महासचिवको ३ वटा नागरिकता र २ वटा राहदानी भएको कुरा पनि उठाउन आग्रह गरेका थिए ।

सांसद सापकोटालाई जवाफ फर्काउँदै सचेतक बर्तौलाले आफ्नै पार्टी
को प्रधानमन्त्री र गृहमन्त्री भएको भन्दै छानबिन गरेर कारबाही गर्न चुनौती दिए । उनले महासचिवको विषय अदालतबाट सफाइ पाइसकेको विषय भएको पनि बताए । उनले आगामी प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विवादित मन्त्रीहरूलाई बर्खास्त गरेको जवाफसहित संसदमा सम्बोधन गर्न आउन माग समेत गरे ।

उनले सरकार प्रतिनिधि सभाबाट भागिरहेको उल्लेख गर्दै नाकमा नत्थी लाएर संसदमा ल्याउने तागत एमालेसँग रहेको बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img