spot_img

कर्णाली प्रदेश सरकारका मन्त्रीहरुको एकै स्वरःअबका योजनाहरु “थोरै गरौं,पूरा गरौं र दीगो गरौं “

spot_img

सुर्खेत,कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा,जलस्रोत तथा उर्जा बिकास मन्त्री उर्मिला बिश्वकर्मा लगायतका अन्य मन्त्रीहरुले योजनाहरु “थोरै गरौं,पूरा गरौं र दीगो गरौं “भन्ने विषयमा एक स्वर गरेका छन्।

सनिवार कर्णाली प्रदेशको राजधानीमा भएको प्रथम पन्चवर्षीय योजनाको समिक्षा र दोस्रो पन्चवर्षीय योजना तर्जुमाका लागि कर्णाली प्रदेश योजना आयोगद्वारा आयोजित आवधिक योजना तर्जुमा निर्देशक समितिको बिस्तातिरित बैठक कार्यक्रममा सहभागी कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री शर्मा,जलस्रोत तथा उर्जा बिकास मन्त्री बिश्वकर्मा,कानुन मन्त्री ,कृषि मन्त्री र पुर्बाधार मन्त्री लगायतले अबका योजना छनोटमा गम्भीर हुने बताए।

मुख्यमन्त्री शर्माले प्रदेशको नारालाई साकार पार्न आर्थिक सम्पन्नता,सामाजिक न्याय र समृद्दि कर्णालीको परिकल्पनालाई साकार पार्ने बताउनु भयो।

उर्जा मन्त्री बिश्वकर्माले आगामी वर्षमा कर्णाली प्रदेश सरकारले थोरै तर दीर्घकालीन योजनाका काम गर्नुपर्ने,योजनाहरु नछुट्ने र नदोहोरिने गरि सबै मन्त्रालयले काम गरे मात्र “समृद्ध कर्णाली,शुखारी कर्णालीवासी”को नारा साकार हुने बताउनु भयो।

कृषि मन्त्री भिमप्रकास शर्माले योजना र बजेटमा एकद्वार प्रणाली आवस्यक रहेको बताउनु भयो। भौतिक पुर्वाधार मन्त्री मंगल शाहीले अब छोटो समयमै प्रदेशका सबै जिल्ला सदरमुकाम र स्थानीय तहका केन्द्रमा मोटर बाटो पुग्ने बताउनुभयो। योजना छनोट,निति,सोच र बजेटका विषयमा सबै गम्भीर हुनुपर्ने उहाँको भनाइ थियोे।
कानुन मन्त्री कृष्ण जिसिले पनि योजना छनोटमा अब सबै गम्भीर हुनुपर्ने बेला आएको बताए।
कार्यक्रममा मन्त्रालयका सचीव तथा कर्मचारीहरु लगायत सरोकारवाला ब्याक्तीत्वहरुको सहभागीता रहेको थियो।।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img