spot_img

प्रसूति गृहबाट बच्चा चोर्ने महिला पक्राउःबच्चा चाेर्नुकाे कारण सुन्ता प्रहरीनै चकित,कस्ताे सजाय हाेला ?

spot_img

काठमाडौँ,शुक्रबार दिउँसो काठमाडौँको थापाथलीस्थित प्रसूति गृहबाट शिशु चोरी गर्ने महिलालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । शुक्रबार दिउसो थापाथलीबाट बच्चा चोरी गर्ने दैलेखकी मनकुमारी सिंह राती ११ बजे काठमाडौँको काँडाघारीबाट पक्राउ परेकी थिइन । चोरी भएका शिशुको उद्धार गरी प्रहरीले अभिभावकलाई बुझाइएको छ । सिंहले काभ्रेको चौरीदेउराली घर भएकी २२ वर्षीया सविना श्रेष्ठकी २६ दिनकी छोरी चोरी गरेकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँले शिशु चोरी गर्ने सिंह, उनकी दिदी र श्रीमानलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । सिंहले गरेको अपराधको प्रकृति अपहरणसँग मिल्ने देखिन्छ । यदि उनीमाथि अपहरण सम्बन्धी कसुरमा मुद्दा चल्यो र दोषी ठहरेमा ३ देखि १० वर्षसम्मको कैद सजायको भागिदार हुनुपर्नेछ ।

त्यस बाहेक अन्य उद्देश्यले गरे वा गराएको भए तीन वर्षदेखि पाँच वर्षसम्म कैद र तीस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार, केही दिनअघि मात्रै उनको गर्भ खेर गएको थियो । परिवारले प्रहरीलाई बताएअनुसार, उनी ७ महिनाको गर्भवती थिइन् । तर, बच्चा नरहेपछि उनी विक्षिप्त थिइन् । यसबारे उनले श्रीमानसँग पनि झुटो बोलेको पाइएको छ । बच्चा जन्मिएको भनेर खबर गरेपछि नेपाली सेनाको ड्यूटीमा रहेका उनका श्रीमान पनि घरमा आएका रहेछन् ।

‘प्रहरी पुगेपछि मात्रै बच्चा आफ्नो नभएको उनले थाहा पाएका हुन्’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘सुरुमा उनी आफ्नै बच्चा भनेर दंग परेर बसेका रहेछन् ।’ पटकपटक गर्भपतन गर्नुपरेपछि उनी विक्षिप्त रहेको पाइएको प्रहरी अधिकृतहरु बताउँछन् । शुक्रबार प्रसूति गृह पुगेका बेला काभ्रेकी महिलाको शिशु एकछिन बोक्न पाएका बेला उनले लिएर हिँडेको पाइएको उनीहरुको भनाइ छ । उनले अहिले पनि बच्चा आफ्नै भएको दाबी गरिरहेकी छिन् ।

तर, सीसी टीभी फुटेज लगायतका आधारमा प्रसूति गृहबाट चोरिएकै बच्चा भएको पुष्टि भएको प्रहरीले जनाएको छ । बच्चा लिएर उनी ट्याक्सीमा चढेर पेप्सिकोलासम्म पुगेको देखिएको छ, त्यसपछि डेढ किलोमिटर हिँडेर घरसम्म पुगेको देखिएको छ । उनलाई लिन करिब एक किलोमिटर अगाडिसम्म दिदी गएको समेत पाइएको छ ।

प्रहरीले राति नै सम्बन्धित परिवारलाई बच्चा जिम्मा लगाइसकेको छ । केहीदिन अघि काँडाघारीमा साल नालसहितको शिशु मृत अवस्थामा फेला परेको थियो । त्यो घटनालाई पनि जोडेर अनुसन्धान अधिकृतहरुले जाँच गरिरहेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img