spot_img

मध्यराति सुर्खेतमा कसले चलायाे गाेलीःफिल्मी शैलीजस्तै भएकाे घटनामा ४ जना पक्राउ

spot_img

सुर्खेत,शनिबार राति सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ मा गोली प्रहार भएको घटनामा संलग्न ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले कैलालीको गौरीगंगा नगरपालिका २ का १८ वर्षका इन्द्र विक, भरत भूल, भारतको उत्तर प्रदेशको विजनौर जिल्लाको दादानगरगन्ज जैशिपन मोहल्ला बस्ने १९ वर्षका सुटर रोहित राजपूत र वीरेन्द्रनगर नगरपालिका ४ का ३७ वर्षका राजन गिरीलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरुले वीरेन्द्रनगर १ का स्थानीय विनोद गिरीको गाडीलाई लक्षित गरी गोली हानेको प्रहरीले जनाएको छ । उनीहरूले विनोदलाई मोटरसाइकलले पछ्याएर १ राउन्ड गोली प्रहार गरेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी रूपक खड्काले बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटना पूर्वयोजनामा भएको हो । घटनामा संलग्न व्यक्तिको पहिचान प्रहरीले सार्वजनिक गरेको छैन । आरोपितले रोहितलाई २ लाख दिने सहमति गरेको र १०÷१२ दिनअघि रोहित, इन्द्र र भरतलाई कैलालीको लम्कीस्थित टिएमटी होटलमा बसी योजना बनाएको पनि अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख खड्काले बताए । इन्द्र र भरतलाई शंकित व्यक्तिले आफूसँग सुटर भएको र ’विनोद गिरीलाई मार्नपर्छ डेढ लाख दिन्छु’ भनेर नेपालगन्ज बोलाएका थिए ।

शंकित व्यक्ति र पहिचान नभएका अर्का एकजनाले यही महिनाको ९ गते भे ५ प ६०६१ नम्बरको मोटरसाइकल उपलब्ध गराएर उनीहरू ३ जनालाई सुर्खेत पठाएका थिए । सुर्खेत आएपछि उनीहरू गणेश होटलमा बसेका थिए । त्यहाँ बस्ने व्यवस्था गर्ने राजन गिरीले गरेका प्रहरीले जनाएको छ ।

शंकित व्यक्तिले नै नेपालगन्जमा इन्द्रलाई १ नाल कटुवा पेस्तोल र २ राउन्ड गोली उपलब्ध गराएका थिए । त्यसपछि इन्द्रले रोहितलाई पेस्तोल र गोली दिएका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img