spot_img

कालिकोटमा ३८ वर्षपछि वायुसेवा निगम र तारा एयरको नियमित उडान शुरू

spot_img

काठमाडौं,कालिकोटको कोटबाडा विमानस्थलमा ३८ वर्षपछि नियमित व्यावसायिक उडान हुने भएको छ। विमानस्थलमा सोमबारदेखि नियमित व्यावसायिक उडान गर्न लागिएको हो।

तारा एयरले सुर्खेतबाट नियमित र निगमले चार्टर्ड उडान गर्ने तयारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। ‘तारा एयरले आज प्रुभिङ फ्लाइट गरेको छ। भोलि यो विमानस्थलमा तारा एयर र नेपाल वायुसेवा निगमको ट्विनअटर जहाज जानेछन्, ‘उनले भने, ‘ताराको व्यावसायिक उडान हुन्छ र निगमले चार्टर्डको अनुमति लिएको छ।’

उनका अनुसार ताराले नेपालगञ्ज–कालिकोट प्रुभिङ फ्लाइट गरेको हो। नेपालगञ्ज–कालिकोट उडान दूरी २७ मिनेटको हो। यसअघि २०७३ माघ २९ गते तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको पालामा ताराले यो विमानस्थलमा परीक्षण उडान गरेको थियो। यसअघि धावनमार्ग ग्राभेल रहेकामा २०७९ पुसमा कालोपत्र गरिएको थियो।

नरहरिनाथ गाउँपालिका कोटबाडामा रहेको विमानस्थल ७०० मिटर लम्बाई र ४८ मिटर चौडाईको छ। विमानस्थलमा ट्विनअट र लेट ४१० जहाजले उडान गर्न सक्ने प्राधिकरणले जनाएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img