सुर्खेत,अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को कर्णाली प्रदेश प्रथम भेला सुरु भएको छ। बिरेन्द्रनगरमा सोमबार देखि सुरु भएको सम्मेलनमा प्रमुख अतिथि संगठनकि केन्द्रीय अध्यक्ष अमृता थापा,स्थायी कमिटी सदस्य कालिबहादुर मल्ल,पार्टी प्रदेश अध्यक्ष बिमला केसी,प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा,प्रदेश कै जलस्रोत तथा उर्जा बिकास मन्त्री उर्मिला बिश्वकर्मा,कानुन मन्त्री,भौतिक मन्त्री देखि प्रदेश पार्टीका सांसदहरु पार्टीका नेता हरुको सहभागीता रहेकोे थियोे।
सभामा कर्णालीका १० जिल्लाबाट महिलाहरु सयौंको संख्यामा सहभागी छन्।
कार्यक्रममा सहिद परिवारलाई सम्मान गरिएको थियो। २ दिनसम्म चल्ने प्रथम सम्मेलनले संगठनको नयाँ प्रदेश नेतृत्व चयन गर्नेछ।