spot_img

प्रहरीघेरा तोडेर संसदभित्र कसरी छिरे लघुवित्तपीडित? इन्स्पेक्टर सहित ३२ जना सुरक्षाकर्मी जिम्मेवारीमुक्त

spot_img

काठमाडाैं,निषेधित क्षेत्रमा पर्ने अतिसंवेदनशील नयाँ बानेश्वरस्थित संसद्परिसरभित्रै लघुवित्त तथा वित्तीय संस्थापीडितहरूको प्रवेश । ऋणको सावाँब्याज मिनाहाको माग गर्दै राजधानीकेन्द्रित आन्दोलनमा रहेका उनीहरू सोमबार दिउँसो २ बजेतिर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको दुई नम्बर गेटस्थित प्रहरीको सुरक्षाघेरा तोडेर प्रवेश गरेका हुन् । सुरक्षा निकायले उपलब्ध गराएको विवरणअनुसार ४८ महिला र एक पुरुष अनधिकृत रूपमा प्रवेश गरेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

कहाँ चुक्यो प्रहरी ?
विभिन्न जिल्लाबाट आएका लघुवित्त तथा सहकारीपीडितहरू संगठित भएर एक सातायता उपत्यकामा आन्दोलन गर्दै आएका छन् । उनीहरूको बसाइ भने गौशालानजिकैको सिफल चौरमा छ, जहाँ सादा पोसाकमा प्रहरीहरू निगरानीमा खटाइएका छन् ।

आन्दोलनकारीहरू सोमबार दिउँसो छरिएर एक्लाएक्लै विभिन्न क्षेत्रमा लागे । कोही पशुपति घुम्न त कोही सहर घुम्न । फिल्डमा खटिएका प्रहरीले माथिल्लो निकायलाई जानकारी गरायो– आन्दोलनकारीहरू घुम्न निस्किएका छन्, आज बाहिर आन्दोलन छैन । तर, त्यो प्रहरीलाई झुक्याउने उनीहरूको रणनीति थियो, जसमा उनीहरू सफल भए ।

एक्लाएक्लै बानेश्वरको पानीट्यांकी क्षेत्रमा उनीहरू जम्मा भए । संसद् भवनछेउमा जम्मा हुने र गेटभित्र प्रवेश गर्ने योजना थियो । सोही योजनाअनुसार शान्तिपूर्वक गेटसम्म पुगेका उनीहरू गेटमा रहेका प्रहरीलाई धकेलेर भित्र छिरेका हुन् । प्रहरीको सूचना संयन्त्र भुत्ते हुँदा गम्भीर सुरक्षा चुक हुन पुगेको उपत्यका प्रहरी कार्यालयका एक अधिकारी बताउँछन् । जब कि सो क्षेत्रमा राष्ट्रिय अनुसन्धान विभाग, नेपाली सेना तथा प्रहरीबाट सादा पोसाकमा समेत सुरक्षाकर्मीहरू खटिदै आएका छन् । सिसी क्यामेराको समेत निगरानीमा रहने सो क्षेत्रमा उनीहरूको योजना कसैले चाल पाएनन् ।

पूर्वएआइजी राजेन्द्रसिंह भण्डारी संसद् भवनपरिसरभित्र यसरी योजनाबद्ध रूपमा सहजै मान्छेहरू प्रवेश गर्नु गम्भीर भएको बताउँछन् । ‘संसद् भवनजस्तो संवेदनशील ठाउँमा यो लापरबाही सामान्य होइन,’ उनले भने, ‘यो प्रोएक्टिभ पुलिसिङको अभाव हो, प्रविधि र सूचना संयन्त्रमा आधारित भएर सुरक्षा चुनौतीको पूर्वानुमान हुन नसक्दा यस्तो भएको हो । यसले सुरक्षा व्यवस्था उदांगो भएको छ ।’

यस्तो संवेदनशील ठाउँमा सुरक्षाको तीन तह बनाएर काम गर्नुपर्ने उनको भनाइ छ । साथै, प्रविधिमाथि निगरानी महत्वपूर्ण हुने भण्डारी बताउँछन् । ‘अमेरिकाको ह्वाइटहाउसअगाडि पनि प्रहरी बस्दैन, तर कसैको गतिविधि शंकास्पद लाग्नेबित्तिकै उनीहरू चनाखो भइहाल्छन्,’ उनी भन्छन्, ‘तर, हाम्रोमा डिउटीमा बस्ने प्रहरीहरूसमेत सतर्क र चनाखो देखिएनन् ।’
प्रहरी प्रधान कार्यालयले संसद्परिसरको सुरक्षामा खटिने प्रहरी निरीक्षक नेतृत्वका सबै ३२ प्रहरीलाई हटाएको छ । त्यहाँ नेपाल प्रहरी विशेष कार्यदलबाट प्रहरी खटिएका हुन् । कार्यदलमा सुरक्षासम्बन्धी विशेष तालिम गरेका प्रहरी रहन्छन् ।

घटनाको अध्ययन गर्न छानबिन समिति गठन
घटनालगत्तै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सुरक्षाको विषयमा सरकारको ध्यानाकर्षण गराए । सभामुख घिमिरेले संसद्परिसरमा लघुवित्त ऋणीहरू प्रवेश गरेको विषयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबाट जानकारी लिँदै सुरक्षा व्यवस्थापनबारे आफू गम्भीर र चिन्तित भएको बताए । जवाफमा गृहमन्त्री श्रेष्ठले सुरक्षा अधिकारीहरूको आकस्मिक बैठक राखेर घटनाको समीक्षा गरी छानबिन प्रक्रिया अगाडि बढाएको जानकारी गराए । प्रहरी महानिरीक्षक कुँवरले पनि घटनालगत्तै तीनसदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी भीम ढकालले घटनाबारे बुझ्न एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा एसपी नवराज अधिकारी र डिएसपी दिनेश घिमिरे रहेको तीनसदस्यीय छानबिन समिति गठन गरिएको बताए । ‘के कसो भएको भन्ने बुझ्नका लागि एउटा समिति गठन गरिएको छ । समितिले बुझेर प्रतिवेदन तयार पारेपछि थप कदम चाल्छौँ,’ प्रवक्ता ढकालले भने । उनका अनुसार संसद् भवन सुरक्षार्थ खटिएको इन्स्पेक्टरसहितको टोली परिवर्तन गरिएको छ ।

सुरक्षा व्यवस्थाप्रति गृहमन्त्री नै असन्तुष्ट भएका छन्। नयाँ पत्रिकामा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img