सुर्खेत,माओवादी केन्द्र पार्टी निकट महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को कर्णाली प्रदेश प्रथम भेला सम्पन्न भएको छ। बिरेन्द्रनगरमा सोमबार देखि सुरु भएको सम्मेलनले बुधबार अध्यक्षमा ललिता कुमारी रेग्मी र सचिबमा गिता तिमल्सिना र सहसचिव निर्मला बिसि सहित ११ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो।
सभामा कर्णालीका १० जिल्लाबाट महिलाहरु सयौंको संख्यामा सहभागी थिए। कार्यक्रममा सहिद परिवारलाई सम्मान गरिएको थियो। ३ दिनसम्म चलेको प्रथम सम्मेलनले संगठनको नयाँ प्रदेश नेतृत्व चयन गर्नुका साथै नयाँ उर्जाका साथ मैदानमा उत्रने जनाएको छ।
समापन समारोहमा पार्टीका नेता महेन्द्र बहादुर शाही,पार्टी प्रदेश अध्यक्ष बिमला केसी,प्रदेश कै जलस्रोत तथा उर्जा बिकास मन्त्री उर्मिला बिश्वकर्मा,कानुन मन्त्रीकृष्ण जिसि जहितका नेता हरुको सहभागीता रहेकोे थियोे।