spot_img

मिटरब्याज पीडितहरुकाे प्रदर्शन जारीःबालुवाटार घेराउँगर्दै

spot_img

काठमाडौं,मिटरब्याज पीडितहरु बालुवाटार घेर्न अगाडि बढेका छन् । उनीहरुलाई भृकुटीमण्डपमा नै प्रहरीले रोक्ने खोजेपनि प्रमुख जिल्ला अधिकारीको आदेश पछि उनीहरु त्यहाँबाट निस्किएर बालुवाटारतर्फ अगाडि बढेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले  विरुद्धमा चर्को नाराबाजीसमेत गरेका थिए ।

प्रदर्शनका क्रममा उनीहरुले सिट्ठीसमेत बजाएका थिए । आफूहरुको माग सरकारले सुनोस् भन्ने हेतुले उनीहरुले प्रदर्शनको क्रममा सांकेतिक रुपमा सिटी बजाएको बताएका छन् । उनीहरु २३ दिन पैदल हिँडेर अघिल्लो साता काठमाडौं आइपुगेका थिए । सकारले उनीहरुलाई वार्तामा बोलाएपनि पटक–पटकको वार्ता निश्कर्षविहीन बनेको छ ।

फर्जी लिखत, तमसुक, दृष्टिबन्धक, छिनुवा, चेक सम्पूर्णलाई अवैध घोषणा गर्नुपर्ने, साहुले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने र अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने मिटरब्याज पीडितहरुको माग छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img