“पश्चिम रुकुमको बिकासको मात्रै होइन अब कृषि,कला,सँस्कृति,पर्यटन र स्थानीय उत्पादनमा पनि जोड दिन आवश्यक”
रुपक कुलाल
कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा बिकास मन्त्री मा.उर्मिला बिश्वकर्माले संघीयता प्रयोगको उच्चतम उदाहरण रुकुम पश्चिम जिल्ला भएको बताउनु भएको छ। मन्त्री बिश्वकर्मा रुकुमको बिकास देशकै उदाहरणीय नमुना जिल्ला मात्र होइन महिला नेतृत्वको बिकास चेतना र सबै क्षेत्रको बिकास हेर्दा संघीयताको उच्चतम प्रयोग भएको सबैका लागि सिकाइको विषय भएको भनाइ राख्नुभयो।
रुकुम जिल्लाको उद्याेग वाणिज्य संघकाे आयाेजनामा `रूकुम कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महाेत्सव २०८०´ मा प्रदेश सरकारको तर्फबाट सहभागीता जनाउनुहुँदै प्रमुख अतिथिको आतिथ्यता ग्रहण गर्नुभएको थियो। कार्यक्रम उद्घाटन पछी आफ्नो भनाइ राख्दै मन्त्री बिश्वकर्माले सो भनाइ राख्नु भएको हो। उहाँले थप्नुभयो “पश्चिम रुकुमको भौतिक बिकासको मात्रै होइन अब कृषि,कला,सँस्कृति,पर्यटन र स्थानीय उत्पादनमा पनि जोड दिन आवश्यक” रहेको छ ।
मन्त्री बिश्वकर्मालाइ बाजागाजा,झाँकी सहित बजार प्ररिक्रमा सहित आयोजकले उच्च सम्मान गरेको थियोे।