spot_img

डब्लूपीएल : गुजरात जायन्ट्सको लगातार तेस्रो हार

spot_img

बैंग्लुरु,  वुमन्स प्रिमियर लिगमा गुजरात जायन्ट्सले लगातार तेस्रो हार बेहोरेको छ। शुक्रबार भएको खेलमा टोली युपी वारियर्ससँग ६ विकेटले पराजित भएको हो । गुजरातले लिगमा अहिलेसम्म एक खेल पनि जित्न सकेको छैन।बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा युपीले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। ब्याटिङको क्रममा गुजरात जायन्ट्सले २० ओभरमा ५ विकेट गुमाएर १४२ रन बनाएको थियो । जवाफमा युपी वारियर्सले १५.४ ओभरमा ४ विकेटले लक्ष्य पछ्यायो ।

युपीका लागि ग्रेस ह्यारिसले ३३ बलमा ६० रनको शानदारी पाली खेलिन् । उनलाई कप्तान एलिसा हिलीले २१ बलमा ३३ रन बनाउँदै साथ दिइन् । गुजरातकी तनुजा कवरले २ तथा मेघ्ना सिंह र क्याथरिन ब्राइसले १–१ विकेट लिइन् ।यसअघि फोबी लिचफिल्ड र एस्ली गार्डनरको क्रमशः ३५ र ३० रनको मद्दतले गुजरातले ५ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो । त्यस्तै, ओपनर लाउरा वुल्भार्टले २८ रनको योगदान दिइन् । युपीकी सोफी एक्लिस्टोनले ३ विकेट लिइन् ।

युपी वारियर्स अङ्क तालिकाको तेस्रो स्थानमा छ । ४ खेलपछि २ जितसहित ४ अङ्क जोडेको छ । गुजरातबाहेक सबैको ४ अङ्क छ । राम्रो रन रेटका कारण गुजरातले मुम्बईलाई पछि तेस्रो स्थानमा राखेको छ। गुजरात शून्य अङ्कका साथ अन्तिम स्थानमा छ।एजेन्सी

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img