सुर्खेत,११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सोमबारदेखि प्रथम कर्णाली प्रदेश महिला सम्मेलन सम्पन्न भएको छ। वीरेन्द्रनगर नगरपालिकाले आयोजना गरेको प्रदेश महिला सम्मेलनको नारा ‘महिलामा लागानीः सभ्य र सम्मुनत समाजको थालनी’ राखिएको थियो।सम्मेलनको उद्घाटन पूर्वराष्ट्रपति तथा प्रमुख अतिथि विद्यादेवी भण्डारीले गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति कर्णाली प्रदेश सरकारमा महिला सहभागिताको विषय ठुलो उपलब्धि भएको बताउँनु भयो। प्रदेश सरकारमा जलस्रोत तथा उर्जा विकास मन्त्री उर्मीला विश्वकर्मा कर्णालीका समग्र महिला र दलितको प्रतिनिधित्व हुनु सबैका लागि खुशिको विषय भएको बताउँदै स्थानीयतह देखि हरेक क्षेत्रमा महिला सहभागिता बढावा दिन आवश्यक रहेको भनाइ राख्नुभयो।
यस्तै जलस्रोत तथा उर्जा विकास मन्त्री उर्मीला विश्वकर्माले महिलाहरूले आफुलाइ कहिल्यै कमोजोर नठान्न सुझाव दिनुभयो। यो देशमा महिला राष्ट्रपति,प्रधानन्यायधिश देखि सभामुखसम्मका पदमा महिला पुगिसकेकोले सबैले प्रेरणाका स्रोत ठानेर महिला दिदिवहिनीहरू अगाडी बढ्नु पर्ने आवश्यकता रहेको बताउँनुभयो।
कर्णालीका सम्भावना, वअसर र चुनौतीको विषयलाई उजागर गर्न प्रथम महिला सम्मेलनले विशेष भूमिका खेल्ने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया भण्डारीले बताइन्। उहाँले थप्नुभयो “कर्णालीको विकासका लागि सबैको साझा बुझाई बनाउन सम्मेलनको भूमिका रहने विश्वास सहित,विकासमा लैंगिक समावेशिता, सरकारमा लैंगिक समावेशिता आवश्यक छ भन्नेबारे सम्मेलनले यो विषयमा वकालत गर्ने अपेक्षा रहेकाे छ।” स्थानीय तहले बनाउने नीतिहरु पूर्णरुपमा समावेशी हुनुपर्ने साझा बुझाई स्थापित गर्न सम्मेलन कोशेढुंगा बन्ने अपेक्षा गरिएको दावी मेयर भण्डारीको छ
।