spot_img

गृहमन्त्री रवि सहित समग्र सहकारी ठगीकाे विषय छानबिन गर्न संसदीय समिति बनाउने प्रधानमन्त्री प्रचण्ड सकारात्मक

spot_img

काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीमा भएको अनियमिताबारे छानबिन गर्न संसदीय समिति बनाउन सकिने बताएका छन् । यसका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने समेत तयार भएको उनले बताए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको छ । समिति गठन गर्न सरकार तयार नभएको भन्दै कांग्रेसले अघिल्लो अधिवेशनको पछिल्ला दुई वटा बैठक अवरुद्ध गरेको थियो ।

प्रतिनिधिसभाको बजेट अधिवेशन २८ वैशाखमा बोलाइएको छ । तर कांग्रेसले बैठक चल्न दिने वा नदिने प्रष्ट नभएको प्रधानमन्त्री प्रचण्डले बताएका छन् । शनिबार माओवादी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले एउटा व्यक्ति तोकेर नभई समग्र समस्या समाधान गर्ने गरी संसदीय समिति बनाउने सकिने बताएका हुन् ।

अहिले गृहमन्त्री रवि लामिछाने नै तयार भएकाले सहकारी ठगीबारे छानबिन गर्न संसदीय समिति गठनका विषयमा सत्ता गठबन्धनमा सहमति जुट्ने सम्भावना रहेको माओवादीका एक सांसदले बताए । ‘व्यक्ति तोकेर होइन, सम्रग समस्या समाधान गर्ने गरी संसदीय समिति बनाउन सकिन्छ भन्नुभएको छ’, प्रचण्डको भनाइ उधृत गर्दै एक सांसदले भने, ‘आज विहान गृहमन्त्रीसँग कुरा गरेँ, उहाँ पनि सहमत हुनुहुन्छ भन्ने उहाँको ब्रिफिङ छ ।’

पछिल्लो बैठकमा कांग्रेस नेताहरुले पनि गृहमन्त्री रवि लामिछानेको संलग्नता भनेर व्यक्ति नतोकी समग्र विषयमा छानबिन गर्न समिति बनाउन सकिने बताएका थिए । यसमा प्रधानमन्त्री प्रचण्ड पनि तयार थिए । तर सत्ता गठबन्धनको प्रमुख घटक एमालेका अध्यक्ष केपी शर्मा ओली तयार नभएपछि संसदको अघिल्लो अधिवेशनमा समिति बन्न सकेन ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img