“पूर्बि रुकुमको रुकुमकोटमा पाँच पूर्णिमा मेला शुरु”
रुपक यात्री,रुकुमकोट
पूर्बि रुकुमको रुकुमकोटमा आजबाट पाँच पूर्णिमा मेला शुरु भएको छ। रुकुमकोट,छिप्रि दह बिन्ध्यावासिनी मन्दीर परिसरमा
सदाझै पाँच पूर्णिमा मेलाशुरु भएको हो। उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसि, राजनीतिज्ञ तथा समाजसेवी लोकेन्द्रबहादुर शाह,प्रमुख जिल्ला अधिकारि,जिल्ला प्रहरी प्रमुख र सिस्ने गाउँपालिका-६,का अध्यक्ष पूर्णबहादुर मल्ल लगायत बुद्धिजीवी जेष्ठ नागरिक वर्गको सहभागीता रहेको थियोे।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद केशिले यो जात्राको सुरुवातसंगै जिल्लाका सबै जात्राको सुरुवात भएको बताउँदै पुराना कलासँस्कृति,धार्मिक र पर्यटन प्रवर्द्धनका लागि आफुले सकेको सहयोग गर्ने बताउनु भयो।
करिब २ सय वर्ष भन्दा पुरानो जात्रा कोरोना कालमा बाहेक हरेक वर्ष लाग्ने गरेको र यो वर्ष अझ भब्यताका साथ मेलाको शुरूवात भएको संयोजक कैलाश मल्लले बताउनु भयो । मेलामा आज मैंयुर नाँचको धमाकेदार प्रस्तुति भएको थियो। भोलि स्थानीय झाकी,सिंगारु,पैसेरु र मैयुर नाच लगायतका कला संस्कृति प्रस्तुत हुनेछन्।
रोटे पिङहरु राखिएको छ,स्थानीय उत्पादन,पर्यटन प्रबर्द्धन र स्थानीय कला सँस्कृतिको जगेर्ना गर्न मेलाले टेवा पुग्ने सिस्ने गाउँपालिका-६,का अध्यक्ष पूर्णबहादुर मल्लको भनाइ छ । सबैलाई मेलामा सहभागी भएर सौहार्दपूर्ण र खुशीयालिका साथ मनोरञ्जन गर्न उहाँको अपिल छ।
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -