रुकुमकोट,रूपक यात्री
त्यसाेत सामान्यज्ञानका हरेक जिज्ञासु परिचीत छन् ,रुकुम ५२ पोखरी ५३ टाकुरीको जिल्ला हाे भनेर। अहिले याे जिल्ला पूर्व र पश्चिम गरेर २ जिल्लामा विभाजित छ। पूर्वी रुकुम हाल नेपालकै कान्छाे जिल्लाकाे रूपमा परिचित छ। यस्तै रूकुमकाेट आफैँमा एेतिहासिक भुमी हाे। सिस्ने हिमालकाे काखमा सम्म मिलेकाे फाँटमा बसेकाे रूकुमकाेट पूर्वी रूकुमकाे जिल्ला सदरमुकाम समेत हाे।
सिस्ने हिमालकाे फेदीमा चटक्क मिलेका गाउँवस्ती,रूकुमकाेट बजारभित्रै पर्ने कमल दह,छिप्रि दह र बिन्ध्यावासिनि मन्दीरले थप सुन्दर बनाएकाे छ।
कमल दहः धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको दह हाे कमल दह, नेपालकाे नक्सा अाकार जस्तै देखिने दह,कमल फुलले ढकमक्कै ढाकेकाे छ। दहकाे छेउमा ब्रहाजिको लगाएतका मन्दीरहरू रहेका छन्। ब्रहाजिकाे मन्दीरमा दर्शन र भाकल गरे हरेक किसिमका राेग र मनाेकामना पुरा हुने जनविश्वास रहेकाे छ। महाशिवरात्रि, चैत्रे दर्शै, हरितालिका तीज र वडा दसैँमा भव्य मेला लाग्ने गर्दछ।
कमल दहकाे सुन्दरता तस्वीरमा हेर्दा








अर्काे पर्यटकिय गन्तव्य हाे छिप्री दह। पुरानाे धार्मीक महत्व बाेकेकाे यस दह विच्चमा बनेकाे मन्दीरले दहकाे स्वभा बढाउनुका साथै पर्यटककाे राेजाइमा पर्ने गरेकाे छ।


बिन्ध्यावासिनि मन्दीर र जात्राकाे चर्चा
कल्चु मल्लले वि.स.१८७० मा यस मन्दीरकाे स्थापना र जात्राकाे शुरूवात गरेकाे इतिहास रहेकाे छ। करिब २ सय वर्ष भन्दा पुरानो जात्रा हरेक वर्ष पूर्णिमा मेला लाग्ने गर्दछ। मेलामा पूर्वी रूकुमका जिल्ला भरका गाउँगाउँबाट रूख बाटविरूवा बाेकेर,दमा झ्याली र मादल बजाउँदै हुलकाे दलवल सहित मेला पस्ने गरिन्छ। मेलामा मैंयुर,पैंसेरू,पन्चेवाजा र सिंगारू नाच नाच्ने गरिन्छ। यो वर्ष पनि अझ सब्य र भब्यताका साथ मेला सम्पन्न भएको मेला संरक्षण तथा सम्बर्द्धन समितिका संयोजक कैलाश मल्लले बताउनु भयो । २ दिन सम्म चलेको मेलामा सहभागी सबै झाकीहरु,बिशिष्ठ ब्यक्तित्व,जेष्ठ नागरिक लगायतलाई सम्मान र कदर पत्र प्रदान गरिएको संयोजक मल्लको भनाइ छ। गाउँपालिका-६,का अध्यक्ष पूर्णबहादुर मल्लले यो जात्राको सुरुवातसंगै जिल्लाका सबै जात्राको सुरुवात भएको बताउँदै पुराना कलासँस्कृतिकाे जगेर्ना,धार्मिक र पर्यटन प्रवर्द्धनका लागि टेवा पुग्ने बताउनु भयो।





यस्तै जिल्लामा सिस्ने हिमाल, देउरालि ओडार,सानीभेरी नदी,मैकाेट गाउँ,लुगुम गाउँ र महत गाउँ पनि पर्यटकिय हिमावमा निकै महत्व बाेकेका र पर्यटकका राेजाइमा पर्ने गरेकाे छ।
कसरी पुग्ने त पूर्वी रूकुम ?
तपाइ यदी पूर्वी रूकुमका यीनै पर्यटकिय स्थलकाे भ्रमणमा जाने साेच्नु भएकाे छ भने पाेखरा-बाग्नुङ हुँदै मध्यपहाडी लाेकमार्गबाट पूर्वी रूकुम पुग्न सक्नुहुनेछ। नेपालगंज सुर्खेतहुँदै मुसिकाेटबाट पनि पुग्न सकिन्छ। हवाइ यात्रामा नेपालगंजबाट मुसिकाेट एयरपार्टबाट रूकुमकाेट १ घण्टामै पुग्न सकिन्छ।




















